संसारमा सबभन्दा धेरै मुसलमान जनसंख्या भएको देश इन्डोनेसियाको रुपियामा भगवान् गणेशको चित्र राखिएको छ भन्दा तपाईँलाई आश्चर्य लाग्ला । तर ८० प्रतिशतभन्दा बढी मुसलमान भएको देशमा अझै पनि हिन्दु संस्कृतिलाई अनुसरण गरिन्छ ।
त्यही क्रममा इन्डोनेसियाको २० हजार रुपियाको नोटमा भगवान् गणेशको चित्र अंकित छ । वास्तवमा भगवान् गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ । हुन त त्यो नोटमा हजर देवान्त्राको चित्र पनि अंकित छ ।
देवान्त्रा इन्डोनेसियाका स्वतन्त्रता संग्रामका नायक हुन्, त्यसैले उनको सम्मान गर्दै चित्र अंकित गरिएको हो । इन्डोनेसियामा भगवान् गणेशका अलावा अन्य धेरै देवताको पूजा गरिन्छ ।
प्राचीनकालमा हिन्दु शासकहरूले राज्य गरेका हुनाले यहाँ हिन्दु संस्कृतिको छाप रहिरहेको हो ।
मोरङमा एमालेले खाता खोल्यो असार १८, २०७४- मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जितेर एमालेले मोरङमा खाता खोलेको छ । अध्यक्षमा देवीप्रसाद आचार्यले ५ हजार २ सय २…Read More
बाजुरामा कांग्रेसको वर्चस्व सार १८, २०७४- एमाले मात्रको हैन, स्वमं कांग्रेसको समेत आश विपरित बाजुराका ९ वटा स्थानीय तहमध्ये चारवटा नगरपालिकासहति ६ वटा स्थानीय तहमा कांग्रेस विजयी…Read More