मोरङमा एमालेले खाता खोल्यो

भिडियो सहित हेर्नुहोस !
Advertisement


असार १८, २०७४- मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जितेर एमालेले मोरङमा खाता खोलेको छ ।

अध्यक्षमा देवीप्रसाद आचार्यले ५ हजार २ सय २९ र उपाध्यक्षमा सरला राईले ५ हजार ८३ मत ल्याएर विजय भएको हो । उनीहरुको निकटतम प्रतिद्वन्द्वीमा माओवादी केन्द्रका प्रेमकुमार मिभक लिम्बुले अध्यक्षमा २ हजार ९ सय ३१ र उपाध्यक्षमा कांग्रेसका आरतीदेवी पोखरेलले ३ हजार ६ सय २५ मत ल्याएको सहायक निर्वाचन अधिकृत प्रभा अर्यालले बताइन् ।

अर्यालले कूल खसेको १३ हजार १ सय ८३ मतमध्ये २ सय २५ मत बद्दर भएको बताइन् ।


Related Posts: