अछामको साँफेबगर नगरपालिकामा एमाले विजयी

भिडियो सहित हेर्नुहोस !
Advertisement


अछामको जिल्लाको साँफेगर नगरपालिका एमाले विजयी भएको छ ।

कांग्रेसका मेयर पदका उम्मेदवार ध्वजबहादुर कुँवरलाई ४२६ मत अन्तरले पछि पार्दै एमालेका कुलबहादुर कुँवर विजयी भएका हुन् । एमालेका कुँवरले ५८३८ मत ल्याएका छ्न् भने ध्वजबहादुरले ५४१२ मत प्राप्त गरेका छ्न् ।

उपमेयरमा पनि एमालेका विर्मला बुडथापाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुपा आउजीलाई ७१९ मत अन्तरले पराजित गरिन् । बुडथापाले ५९८४ मत प्राप्त गरिन् भने कांग्रेसका आउजीले ५२६५ मत प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार खगेन्द्र वडले ५४९ र उपमेयरमा बैजन्ती कुँवरले ५६३ मत प्राप्त गरिन् । साफेबगर नगरपालिकाका १४ वडामा एमालेले ४, ५, ६, ८, ९, १०, १३ र १४ तथा कांग्रेसले १, २, ३, ७, ११ र १२ वडामा जित हासिल गरेको छ ।




Related Posts: