नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । पार्टीका केन्द्रीय महामन्त्रीसमेत रहेका डा. धवल समशेर राणाले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियालाई फराकिलो मतले पछि पार्दै मेयर पदमा जित Aहासिल गर्नुभएको हो । मंगलबार बिहानपखमात्रै सकिएको अन्तिम मतपरिणाअनुसार मेयरमा बिजेता राणाले कनोडियालाई ३ हजार ७ सय ८५ मतले पछाडि पार्नुभएको हो । राणाले १२ हजार ५ सय १५ मत प्राप्त गर्नुभयो भने कनोडियाले ८ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा भने कांग्रेसकी उमा थापा मगरले जित्नुभएको छ । उहाँले राप्रपाकी रमारानी वैश्यलाई १ हजार ८ सय २७ मतले पछाडि पार्दै बिजयी हुनुभयो ।
थापाले १० हजार ७ सय ३१ मत प्राप्त गर्नुभयो भने बैश्यले ८ हजार ९ सय २४ मत पाउनुभयो । विजेता राणा यसअघि २०५४ सालमा पनि नेकपा एमालेका तर्फबाट नेपालगन्जको मेयर भइसक्नुभएको थियो । त्यसपछि उहाँ राप्रपा प्रवेश गर्नुभयो र महामन्त्रीसमेत हुनुभयो । त्यस्तै उपमेयरमा विजेता थापा नेपालगन्जमै रहेर लामोसमयदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ । यो पनि पढ्नुहोस्