धादिङमा एकाएक जमिन फाटेपछि गाउँबासीको बिचल्ली

भिडियो सहित हेर्नुहोस !
Advertisement

३ साउन, धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् ।

केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भिर पहिरो लड्नै लागेको छ । जमिन फाटेर एक मिटर ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमुना – २ का वडाध्यक्ष फैसिंह तामाङले बताए ।

प्रुन्दुङगाउँमा तामाङ समुदायका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेको पहिरो प्रभावित अमृत तामाङले जानकारी दिए । यससँंगैको सल्लेमा पनि सात घर छन् । पहिराको जोखिम बढेकाले उनीहरु सबैको पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेको गाउँबासीको भनाइ छ ।

सदरमुकाम धादिङबेंसीबाट एक दिनको पैदल दूरीमा रहेको प्रुन्दुङगाउँका बालबालिका र वृद्धलाई खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाध्यक्ष तामाङको भनाइ छ ।

Related Posts: