अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।
यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्र का अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।
घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनः
१- माटोको घडा घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् । २- घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन । ३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।
४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।
५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन । ६- वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।
फेरी बन्द हुने भो नेपाल-भारत सीमाभैरहवा : नेपाल–भारतका सीमा अधिकारीहरुले असार ९ गते हुने स्थानीय तहको निर्वाचनको अवधिमा ४८ घण्टा सीमा बन्द गर्न सहमति जनाएका छन । नेपालका असार ९ गते हु…Read More
कैलाशको शोकमा डुब्यो भोजपुरभोजपुर : सुर्खेतबाट सेनाको रासन बोकेर हुम्लाको सिमीकोट पुगेको एनए ४८ कल साइनको सैनिक हवाईजहाज त्यहाँको मौसम खराब भएकाले मंगलबार दिउँसो साढे १२ बजेतिर …Read More