क्यान्सर कसलाई, किन, कसरी र कुनबेला लाग्न सक्छ ? शरीरलाई यसरी बनाऔं क्यान्सर प्रतिरोधी के हो क्यान्सर ? ‘क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असंभव हुने गर्छ । जब शरीरमा खराब कोशिकाहरुको बढोत्तरी हुन्छ, त्यसले क्यान्सर पैदा गर्छ । हाम्रो शरीरमा दिनहुँ कैयौं कोशिका जन्मने र मर्ने क्रम चलिरहेको हुन्छ । जब प्रदूषण, खराब खानपान, जीवनशैलीका कारण उक्त कोशिका पैदा गर्ने डिएनएमा असर पुग्छ, कोशिका जन्मने र मर्ने स्वभाविक प्रक्रियामा बाधा पुग्छ । त्यसले शरीरमा खराब कोशिकाको बृद्धि गर्छ । यहि नै क्यान्सरको कारण बन्छ । । कसरी थाहा पाउने क्यान्सर भएको ?
क्यान्सर रोगका लक्षण विभिन्न प्रकारका हुन्छन् । शरीरको कुनै अंगमा फोका वा गाँठो देखा पर्नु, अचानक शरीरको कुनै भागबाट रगत बग्नु, छालामा असामान्य बद्लाव आउनु, भोक कम लाग्नु, बढी खोकी लग्नु, खोकीमा रगत देखा पर्नु यसका सामान्य लक्षण हुन् । यदी शरीरको कुनै पनि अंगमा कुनै पनि रोगको लक्षण देखापरेको एक महिनासम्ममा उपचार गर्दागर्दै पनि निको भएन भने एकपटक चिकित्सकका गएर क्यान्सर रोगको अनिवार्य परिक्षण गराउन आवश्यक छ ।
चाहे त्यो गोलीगाँठोकै समस्या होस् वा शरीरको कालो दाग नै किन नहोस् ? निरन्तर खोकी होस् वा दिनदिनै टाउको दुख्ने समस्या होस् वा छालामा देखापरेको घाउ वा दिशा तथा पिसाबमा देखिएको रगत नै किन नहोस् ?
उदाहरणको लागि, यदी तपाईलाई ग्यास्ट्राइटिस छ र पेट पोलिरहन्छ भने औषधी खाएमा त्यो समस्या निको हुन्छ, तर क्यान्सरमा औषधीले पनि त्यसलाई निको पार्न सक्दैन ।
मुखमा घाउ सबैलाई आउँछ, तर त्यो एक-दुई हप्तामा निको पनि हुन्छ । तर, यदि त्यो घाउ क्यान्सर हो भने उपचार गरेको २/३ महिनामा पनि निको हुँदैन । खोकी पनि त्यस्तै हो ।
कसरी फैलन्छ क्यान्सर ? एउटा अंगमा देखा परेको क्यान्सर अन्य कुनै पनि अंगमा जान सक्छ । र, त्यो जुन-जुन अंगमा गयो, त्यसैमा असर देखाउँछ । उदाहरणको लागि पत्थरीको क्यान्सर । त्यो पेटमा हुने भए पनि त्यसले दिमागमा असर पार्न सक्छ । जसले गर्दा बेहोस हुने, प्यारालाइसिस हुने, अंग नचल्ने समस्या उत्पन्न हुनसक्छ । त्यस्तै, फोक्सोमा गएमा खोकी लाग्ने, फोक्सोमा पानी जम्ने, स्वाँ स्वाँ आउने हुन्छ । जुन क्यान्सरको चौथो चरण हो ।
कसरी जोगिने ?
क्यान्सर रोगबाट बच्ने थुप्रै उपाय छन् । ती यसप्रकार छन्
१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने ।
२. खानपानमा ध्यान पुर्याउने । जसमा सन्तुलित आहार, शाकाहारी भोजन लगायत पर्दछन् ।
३. रातो मासुको कम उपभोग गर्ने ।
४. बोसोयुक्त मासु नखाने
५. तारेको, पोलेको खाना नखाने
६. नुन तथा पुराना अचार कम खाने
७ केमिकल्सयुक्त खानाको कम उपभोग गर्ने । प्लाष्टिक बोटलमा राखिएको खानेकुरा नखाने ।
८. पर्याप्त व्यायाम गर्ने । घाममा धेरै नबस्ने ।
९. क्यान्सर रोगको रोकथाम गर्न विभिन्न खोपहरुको प्रयोग गर्न सकिन्छ । जस्तै हेपाटाइटीस बी खोपले कलेजोको क्यान्सर हुन दिदैन । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपले क्यान्सर रोग लाग्न दिदैन ।