भक्कानिए देउवा र गच्छदार

भिडियो सहित हेर्नुहोस !
Advertisement


एक दशक अघिसम्म कांग्रेसमा तीन दशक जीवन बिताएका विजयकुमार गच्छदारले सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिलगायतसँग भक्कानिँदै अंकमाल गरे र आइन्दा विगतको भूल नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

०६४ माघ १८ गते बालुवाटारबाटै कांग्रेस छाडेको घोषणा गरेर हिँडेको स्मरण गर्दै उनले घुँक्कघुँक्क गर्दा वातावरण एकाएक भावुक हुन पुग्यो । प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका अरू नेता पनि आँसु पुछ्न थाले । एकता घोषणा कार्यक्रममा देउवा र गच्छदारले हात मिलाउँदा दुवैको हात मिलाइदिने काम भने वरिष्ठ नेता पौडेलले गरे । एकता घोषणा भए पनि पद मिलानको घोषणा नभएको जानकारी दिँदै उनले लोकतन्त्र जोगाउन र कम्युनिस्टको एकछत्र हुन नदिन निःसर्त कांग्रेससँग एकीकरण गरेको बता



वामपन्थी गठबन्धनको उद्देश्य लोकतन्त्र सिध्याउनु रहेकाले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा आफू प्रतिबद्ध रहेको उनले घोषणा गरे । उनले कम्युनिस्टलाई दुईतिहाइ होइन, बहुमत पनि ल्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आजैका दिनदेखि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेससित एकताबद्ध भयो, समाहित भयो
स्थानीय चुनावलाई केन्द्रित गर्दै फोरम लोकतान्त्रिकमा मिसिएका दलले गच्छदारको निर्णय मानेनन‘लोकतन्त्र जोगाउन र कम्युनिस्टको एकछत्र हुन नदिन निःसर्त कांग्रेससँग एकीकरण गरें ।’ -विजयकुमार गच्छदार

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएका दलित जनजाति पार्टीका यशोदा लामा, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र थरुहट तराई पार्टी नेपालका अध्यक्ष एवं भूमिसुधारमन्त्री गोपाल दहित भने कांग्रेसमा जान नसक्ने भन्दै अलग भएका छन् ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका अत्यन्त प्रिय पात्र गच्छदार पछिल्लो समय ‘थ्रेसहोल्ड’ को त्रासले पिरोलिइरहेका थिए । स्थानीय चुनाव निश्चित भएपछि गत चैतबाटै कांग्रेससँग नजिकिएका उनी प्रदेश २ मा शरमलाग्दो पराजय र त्यसलगत्तै संघीय समाजवादी फोरम तथा राजपाबीचको सहकार्य भएपछि नराम्रोसँग झस्किए । आफ्नो पार्टीको अस्तित्व बचाउन पनि कांग्रेस प्रवेश उनका लागि एक मात्र विकल्प बन्यो । कांग्रेस प्रवेशले उनको राजनीति पुनः उदय भएको छ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस पढ्दाताका अनेरास्ववियुका कार्यकर्ता फणिन्द्र तिम्सिनाको हत्यापछि उनले पञ्चायतकालमै जेलजीवन भोगेका थिए । ०४८ सालको आमनिर्वाचनपछि सञ्चार राज्यमन्त्रीबाट उनको सत्तारोहण यात्रा सुरु भएको थियो । यसैबीच गृह, भौतिक योजना, सूचना तथा सञ्चार, जलस्रोत, स्थानीय विकासलगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका छन् । उनले आधा दर्जन प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा सहभागी हुने अवसरसमेत पाए । सत्ता समीकरणको डिजाइनरका रूपमा रहेका र सत्ता दुरुपयोगको आरोपसमेत खेपेका उनी प्रधानमन्त्रीका लागि मधेसमा चर्चित भए पनि मुलुकको समग्र राजनीतिमा ओझेलमै प
कांग्रेस फर्केका गच्छदारको अब कस्तो भूमिका रहन्छ भन्ने कुरा मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाममा उनको योगदानले देखिने कुरा हो । कांग्रेस त फर्के तर उनको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराले नै उनको भावी यात्रा तय गर्ने निश्चित छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासामु गच्छदारको व्यवस्थापन कम चुनौतीपूर्ण छैन । प्रदेश २ बाट पार्टी राजनीतिमा एकछत्र छाउने महत्वाकांक्षाका साथ अगाडि बढेका विमलेन्द्र निधि गच्छदारको व्यवस्थापनमा अवरोधका रूपमा खडा हुने सम्भावनालाई नकार्न सकिँदैन । कांग्रेसको १४ औं महाधिवेशनसम्म पुग्दा मात्रै उनी नेतृत्वमा स्थापित या विस्थापित के बन्ने हुन् भन्ने यकिन गर्न सकिन्छ ।

Related Posts: