एकाएक भारतीय प्रहरीले पक्राउ गरी जेल चलान गरेका देवनारायण यादव र उनका छोरा आज शनिवार रिहा - उनी माथिको आरोप यस्तो थियो

भिडियो सहित हेर्नुहोस !
Advertisement


एक सातादेखि भारतमा थुनामा रहेका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् । विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा देवनारायण बाबुछोरा शनिबार साधारण तारेखमा रिहा भएका हुन् । उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो ।

उनीहरु केहीबेरमा नेपाल आइपुग्ने सप्तरीका प्रहरी प्रमुख मुकेस सिंहले जानकारी दिनुभयो । भारतकी ज्योती साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेका थिए । त्यसबेला नै देवनारायणका बाबुछोरासहित चार जनाविरुद्ध अपहरणको मुद्दा गरेको थियो । तर, दशैंको बेलामा सीमा पारी गरेको बेला अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।


छोरालाई छुटाउन गएका देवनारायणलाई पनि पक्राउ गरिएको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका थिए । गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको अबैध बाँध देवनारायणकै अगुवाईमा स्थानीयबासीले भत्काएका थिए । त्यसक्रमा उनी घाइते पनि भएका थिए । त्यसको बदला लिन देवनारायणलाई पक्राउ गरेको बताइन्छ ।

Related Posts: