स्तन हेरेर थुक निल्ने ठाउँमा मौलिक दोहोरि कसरी चलुन-प्रजापति पराजुली (भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


दोहोरी गीत गाउने गायकलाई आशुगायक पनि भन्न सकिन्छ किनभने तत्काल रचना गरेर उनीहरू घण्टौँसम्म गाीत गाउन सक्छन् । यस्तो क्षमता कमै व्यक्तिमा पाउन सकिन्छ । यहाँ दोहोरी गीतका यस्तै अद्भूत प्रतिभा प्रजापति पराजुलीमा छ.

वि.सं. २०२० साल फाल्गुण १० गतेका दिन कास्की जिल्लाको भदौरे तामागी गा.वि.स. वडा नं. ५ स्थित चैनपुरमा पिता स्व.गंगाधर पराजुली र माता चन्द्रकली पराजुलीको गर्भबाट जन्मिएका लोक तथा दोहोरी गायक प्रजापति पराजुली आफैमा नेपाली दोहोरी गीतको एउटा सिङ्गो इतिहास हो । हाल पोखरा नदीपुरमा बसोबास गर्दै आएका पराजुलीले अध्ययनमा आइ.ए. सम्म मात्र उत्तीर्ण गरेका छन् । उनी त्रि.वि. चिकित्साशाष्त्र अध्ययन संस्था, रामघाट पोखरामा कर्मचारीको रूपमा कार्यरत छन् तर उनी साना बालकदेखि वृद्धसम्म लोक तथा दोहोरी गायकका रूपमा नै सर्वपरिचित छन् । उनी जव स्टेजमा गएर माइक समात्छन् तब दर्शकहरू एकोहोरो भएर उनीप्रति नै केन्द्रित रहन्छन् । उनीसँग यस्तो सम्मोहन र वाक कला छ जो कमै व्यक्तिमा पाउन सकिन्छ ।
प्रजापति पराजुली आफू प्रतियोगीको रूपमा सहभागी हुँदाको बखत कहिल्यै पनि रित्तो हात फर्केनन् । यो उनको अर्को महत्वपूर्ण इतिहास हो । दोहोरीका प्रतियोगिताहरूमा बसेपछि कहिल्यै पनि पदक विना रित्तो हात नफर्केका उनी प्रतियोगितात्मक दोहोरीका एकजना अम्बल गायक भनेर चिनिन्छन् र उनीसँग भएका प्रमाणपत्रहरूले यो कुराको पुष्टि पनि गर्दछन् ।


प्रजापति पराजुली एउटा यस्ता आशुगायक हुन् जो गीतमै बात मार्न र कुराकानी गर्न सक्छन् । गीतमै धाराप्रवाह घण्टौँसम्म स्टेजमा गएर कुराकानी गर्न सक्छन् । लोकदोहोरीमा प्रतियोगिता सञ्चालनका नियमहरू, मूल्याङ्कनका आधारहरू सबै उनीसँग कण्ठस्थ छन् । अर्काे रमाइलो कुरा के छ भने बर्षौँ पहिले आफूले दोहोरी गाउँदाका प्रत्येक गीतका टृक्काहरू उनलाई अहिले पनि कण्ठस्थ छन्.तर पछिल्लो समय नयाँ प्रतिभाले अंग प्रदशन गरेको उनलाई मन परेको छैन हामीले उनको घरमा पुगेर उनीसंग भलाकुसारी गरेका छौ हेर्नुहोस भिडियो

Related Posts: