काठमाडौं, ३० असोज– नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरु कांग्रेसमा सहभागि नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन् ।
सह–अध्यक्ष शिवलाल थारुले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन्, हामी यहि पार्टीबाट कानूनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’ थापाले अघि थपे,‘विजय कुमार गच्छदारले बहुत गल्ति गर्नुभयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा स्थान मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनु हुन्छ, हामीले स्वागत पनि गर्नेछौँ।’
मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’
पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंत्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’
लिपस्टिक लगाएको समय ख्याल गर्नैपर्ने कुराओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न …Read More