असार २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसायीलाई गतल आरोप लगाइने गरेको बताएका छन् । असार ३० गते हुन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभाको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले आयोजना गरेको कार्यक्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले म्यानपावर व्यवसायलाई आरोप मात्रै लगाउने काम भइरहेको भन्दै त्यसरी गलत ढंगले व्याख्या गर्न नहुने बताए ।
वेरोजगारहरुलाई व्यवस्थापन गर्ने भूमिकामा म्यानपावर व्यवसाय रहेको भन्दै बेरोजगार उत्पादन गर्नेहरुबाटै बेरोजगारलाई ब्यवस्थापन गर्ने म्यानपावर ब्यवसायीमाथि लाञ्छना लगाउने काम अनुचित रहेको ओलीको भनाई छ । ‘राज्यले युवाहरुलाई बेरोजगार बनाएको छ, तपाईहरुले त वेरोजगार बनेका युवालाई व्यवस्थापन गर्नुभएको हो, राज्यले देशमै रोजगारीको अवसर सिर्जना गर्ने हो भने तपाईंहरुले किन विदेश पठाउनुहुन्थ्यो र ?’ ओलीले प्रश्न गर्दै भने ।
जनतालाई बेरोजगार बनाउने ब्यक्ति प्रधानमन्त्री, मन्त्री हुन पाउने, बेरोजगारलाई ब्यवस्थापन गर्ने म्यानपावर ब्यवसायी गतले हुने भन्ने नमिल्दो कुरा भएको ओलीको भनाइ छ । सिमामा बसेर नाकाबन्दी गर्नेहरु, भारतीय भूमिमा बसेर नेपालतिर ढुंगा हान्नेहरु, हत्या, तोडफोड गर्नेहरु मन्त्री प्रधानमन्त्री बन्न हुने देशमा वेरोगारहरुलाई व्यवस्थापन गर्नेहरु राजदूत हुन किन नहुने भन्ने प्रश्न पनि गरे । ‘हाम्रो समाज अलिक बढी नै भाबुक खालको छ, यसले भावनामा बगेर सत्यलाई बिर्साउन खोजिरहेको देखिन्छ, म्यानपावरवाली राजदूत बनाउन पाइदैन भन्दै हल्ला गर्छन् । के म्यानपावरवालीले राजदूत बन्नु हुँदैन । राजदूत बन्न सिमामा बसेर ढुंगा नै हान्नु पर्ने ? गलत काम नै गर्नुपर्ने हो ?’ ओलीले भने ।
उनले म्यानपावर व्यवसायलाई ठगहरुको संस्था भन्ने आरोप लाग्ने गरेको भन्दै त्यस्तो भ्रम चिर्ने गरी काम गर्न सुझाव पनि दिए । ‘अहिले म्यानपावर भनेको अपराध हो, व्यवसायी भनेका अपराधी हुन् भन्ने भ्रम धेरैमा छ, समाजमा रहेका केही ठगहरु, जसले कुनै कम्पनी नै दर्ता नगरी ठगी गर्छ, त्यस्ताको गल्तीको सजाय सवै ब्यवसायीले बेहोर्नु पर्ने, थेग्नु पर्ने भन्ने के–छ ?’ ओलीले भने ।
ओली प्रधानमन्त्री बनेका बेलामा झापाकी शर्मिला पराजुली (ढकाल) लाई ओमानको लागि राजदुत सिफारिस गरिएको थियो । तर, ओली सरकार ढलेपछि शर्मिला राजदुत हुन पाइकी थिइनन् । पछि प्रचन्ड नेतृत्वको सरकारले पनि शर्मिलालाई ओमनकै लागि नेपाली राजदुतमा सिफारिस गरेको थियो ।
शर्मिला बैदेशिक रोजगार ब्यवसायी रहेको र उनले ओमानकै लागि नेपाली कामगदा पठाउने गरेको तथ्य खुलेको थियो । म्यानपावर ब्यवसायीलाई राजदुतमा सिफारिस गरिएको भन्दै सो समयमा सरकारको तीब्र आलोचना भएको थियो । ओलीले अहिले आएर सोही सन्दर्भमा म्यानपावरवाली राजदुत बन्न किन नहुने भन्ने प्रश्न गरेका हुन् ।
भारत नेपाल सीमा बन्दजिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार १…Read More
कुनै पनि बेला कतारमाथि आक्रमण हुनसक्ने
२३ जेठ । साउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदल…Read More