काठमाडौं ३० असोज– गुण्डा नाइके गणेश लामा नेपाली कांग्रेस प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य समेत रहेका लामा गच्छदारसंगै कांग्रेस प्रवेश गरेका हुन् ।
गुण्डागर्दीबाट अकुत पैसा कमाएको भन्दै लामा विरुद्ध सम्पत्ति शुद्धिकरण विभागले छानविन गरिरहेको छ । अकुत सम्पत्ति सम्बन्धी मुद्धा विशेष अदालतमा विचाराधीन छ ।
लामाले काभ्रेमा क्रसर उद्योग र टिप्पर सञ्चालन गर्दै आएका छन् । फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकरण हुने कार्यक्रममा बालुवाटार पुगेका लामा त्यहाँ सबैको चासोको केन्द्र बनेका थिए ।
लामा ड्यासमा प्रधामनन्त्री शेरबहादुर देउवाको पछाडि बसेका थिए । लोकतान्त्रिक फोरममा केन्द्रीय सदस्य रहेका लामाको कांग्रेसमा के हैसियत हुने भन्ने स्पष्ट भने भएको छैन ।
तर पनि उनलाई काभ्रेबाट कांग्रेसले प्रदेश सभाको उम्मेदवार बनाउने गरि गच्छदारले लविङ गरेका छन् । २०७० सालको संविधानसभा चुनावमा उनी काभ्रे एक बाट प्रत्यक्ष तर्फ उम्मेदवार बनेका थिए । चुनावमा उनको जमानत जफत भएको थियो ।
संकटमा लोकतान्त्रिक गठबन्धनराष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो । प्रदेश २ मा राजपा र फोरमले…Read More