ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न रुचाउँछन् । तर, लिपस्टिक कसरी प्रयोग गर्ने ? यसको सहि विधी जान्न सके थप आकर्षक देखिन्छ ।स्क्रब गरौं
लिपस्टिक लगाउनुअघि आफ्नो ओंठलाई हल्का स्क्रब गरौ, ताकि ओंठको मृत कोशिकााबट छुटकारा मिल्न सकोस् । यसले लिपस्टिक ओंठमा राम्ररी लाग्छ र ओंठको प्राकृतिक रंगसँग मिल्छ पनि ।
लिप बामको अधिक प्रयोग नगर ओंठको मोश्चराइज गर्नु ठीक हो । तर लिप बामको धेरै प्रयोग ठीक हुन्न । यसले लिपस्टिकलाई तपाईको ओंठमा लामो समय टिक्न दिदैन । बरु, ओंठमा लिप बामलाई हल्कासँग मात्र लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ।
ओंठलाई तयार गरौ कतिपयको ओंठ पिग्मेन्टेड हुन्छ । र, लिपस्टिकको सहि शेड ओंठमा देखिदैन । त्यसैले ओंठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमर लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ । साथै फैलनबाट पनि बचाउँछ ।
लिप लाइनरको प्रयोग हामी जान्दछौ कि, लिप लाइनरको काम हो लिपस्टिकलाई ओंठको भित्र बनाउने । तर, यसलाई ओंठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ पाउडरको प्रयोग
के तपाईको लिपस्टिक अक्सर बग्छ ? त्यसो हो भने यसलाई सहि ढंगले सेट गर्नुपर्छ । त्यसका लागि ओंठमा पारदर्शी वा लुज पाउडर लगाउनु पर्छ । र, त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउनुहोस् ।