एक अनुसन्धानमा के पाइयो भने, आधारातभन्दा अघि नै सुत्नेहरूमा शुक्रकीट बढी राम्रो र स्वस्थ हुन्छ । आधा रातपछि सुत्नेहरूमा शुक्रकीटको संख्या कम पाइयो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement




सार ३, २०७४-चाँडै बुबा बन्न इच्छा राख्नेहरूले ओछ्यानमा पनि छिट्टै जानुपर्ने एउटा अनुसन्धानमा दाबी गरिएको छ । यो अनुसन्धान मेडिकल साइन्स मनिटरमा प्रकाशित छ ।
उक्त अनुसन्धानका लागि ९ सय ८१ व्यक्तिको सुत्ने अभ्यास गरियो । यसअन्तर्गत ९ सय ८१ स्वस्थ व्यक्तिलाइ एउटा निश्चित समय राति ८ बजे, १० बजेदेखि मध्यरातबीच वा यसपछि ओछ्यानमा जान भनियो ।
नियमित रूपमा उनीहरूको वीर्यको नमुना लिएर त्यसमा शुक्रकीटको संख्या, आकार र गतिशीलता पनि जाँच्ने गरियो ।
अनुसन्धानमा के पाइयो भने, आधारातभन्दा अघि नै सुत्नेहरूमा शुक्रकीट बढी राम्रो र स्वस्थ हुन्छ । राति ८–१० बजेबीच सुत्नेहरूमा शुक्रकीटको गतिशीलता सबैभन्दा राम्रो देखियो । यस्ता व्यक्तिको शुक्रकीट राम्रो पौडीवाज देखियो र अण्डलाई निशेचन गर्ने सम्भावना बढी देखियो ।
आधा रातपछि सुत्नेहरूमा शुक्रकीटको संख्या कम पाइयो । साथै उनीहरूको शुक्रकीट छिट्टै मर्ने रहेछ । ६ घन्टा वा योभन्दा कम सुत्नेहरूको अवस्था अझ नाजुक रहेछ ।
अनुसन्धानअनुसार, ढिलो गरी सुत्नु हानिकारक छ । किनभने यसले शुक्रकीटविरोधी एन्टिबडीको स्तरलाई बढाउँछ । यो एक प्रकारको प्रोटिन हो जसलाई रोग प्रतिरोधक प्रणालीले उत्पन्न गर्छ । तर यसले स्वस्थ शुक्रकीटलाई नष्ट गर्छ ।

Related Posts: