राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएलगत्तै शिक्षक सेवा आयोगले अब सात दिन भित्र अस्थायी शिक्षकको परीक्षा मिति तय गर्नु पर्नेछc

भिडियो सहित हेर्नुहोस !
Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणीकरण गर्नु भएको छ । प्रमाणीकरणका लागि सरकारले विधेयक दर्ता गराएको १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने कानूनी ब्यवस्थाअनुसार भण्डारीले आज अन्तिम दिन सो विधेयकमा हस्ताक्षर गर्नुभएको हो । विधेयक प्रमाणीकरण नगर्न चौतर्फी दवाव आएपछि राष्ट्रपति भण्डारीले विज्ञसँग परामर्श गर्नुभएको थियो । संसदबाट पारित विधेयक प्रमाणीकरण हुनु सामान्य प्रक्रिया रहेकाले सो विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले बताउनुभयो । शिक्षाविद्ले योग्य व्यक्ति शिक्षक पेशाबाट बञ्चित हुने भन्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिएका थिए । संसदले पारित गरेको विधेयक फिर्ता पठाउन सक्ने प्रावधान भएपनि विवादमा पर्न नचाहेकोले राष्ट्रपति भण्डारीले अन्तिम दिन आज प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएलगत्तै शिक्षक सेवा आयोगले अब सात दिन भित्र अस्थायी शिक्षकको परीक्षा मिति तय गर्नु पर्नेछ । राजपत्रमा मिति छापिएपछि मात्रै आयोगले काम अघि बढाउने आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो ।

Related Posts: