अब को जान्छ खाडीमा मासिक तीन लाख कमाइन्छ नेपालकै झाडीमा, ५० हजार लगानी गर्नुहोस् यसरी मालामाल बन्नुहोस् (तरिका सहित पुरा विवरण हेर्नुहोनेपालमा प्रशस्त सम्भावना भएर पनि बिदेसीनेको लर्को निक्कै लामो छ । नेपालको राजनीतिक अस्थिरताका कारण जारी असुरक्षा देखासिकी, र सुरक्षित लगानीको खोजीमा नेपालको युवा जनशक्ति ठुलो सङख्यामा हरेक दिन बाहिरिन्छ ।
सरकारले कागजमा स्वरोजगारमुलक कार्यक्रम तयार गर्ने र कर्मचारी यो बजेटलाई घुमाईफिराई आफ्नै गोजीमा हाल्ने प्रवृत्तिले पनि युवाशक्तिलाई स्वदेशमै आर्कषित गर्न सकेको छैन ।
जब नेपाली युवा १८ बर्ष पुगेर पासपोर्टको लागी योग्य हुन्छन । उनिहरु विदेश सपना आफै जागृत भएर आउछ । तर कसैले सोधीहाल्यो भने उनिहरुको सिधा जवाफ हुन्छ नेपालमा रोजगारीको अभाव छ । लगानीको सुरक्षा छैन ।
लगानी अनुसार आम्दानी हुदैन । यिनै रेडिमेड उत्तरकाबीच कसैले उनिहरुलाई नेपालमै सम्भावना छ भन्यो भने उनिहरुका लागी यो हाँसो बिषय पनि हुन सक्छ । तर यहि सत्य नेपालमै ५० हजारको लगानी गरेर मासिक लाखौ कमाउने प्रशस्त व्यवसायहरु अहिलेपनि नेपाली युवाको नजरमा पर्न सकेका छैनन ।
यहि कारण प्रशस्त सम्भावना बोकेका यि व्यवसाय अहिले पनि माटोमुनी पुरिएकै अवस्थामा छन । कम समय र कम लागतमा राम्रो आम्दानीका लागी नेपालमा पनि औषधीय गुण भएका वनस्पतिको खेती तथा व्यापार निकै उपयोगी हुने एक अध्ययानले देखाएको छ ।
अत्यान्तै सानो लगानीमा गरिने यस्ता बनस्पतिको खेतीले शुरु गरेको २ देखि ३ महिनभित्रै झण्डै १ देखी २ लाखसम्म आम्दानी दिने गरेको देखिएको छ । जमिन हुनेहरुका लागी यो वनस्पतिको खेती निक्कै सहज भएपनि जमिन नहुनेहरुले पनि लिजमा लिएर समेत गर्न सकिने भएकाले यो खेती जोकोहीले पनि गर्न सक्छ । यस्ताखालका अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुने तर लगातार आम्दानी दिने खालका हुुन्छन । यस्ता केही खेतीहरु बारे यहाँ चर्चा गरिएको छ ।
तपाईको घरआँगनमा रोपिने तुलसीको खेती तपाईको व्यवसाय बन्न सक्छ :
तुलसीलाई हिन्दूहरुले विशेष गरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठान्छन् । तुलसीको पूजा गर्नु, मानिस मरेलगत्तै तुलसीको मोठमा लगेर शवलाई राख्नु लगायतले समेत यो वनस्पति कति महत्वपूर्ण छ भन्ने देखिन्छ । धार्मिक मान्यता अनुसार तुलसीको जति महत्व छ, यसको औषधीय गुणका कारण बजारमा अझ ठूलो महत्व र डिमाण्ड छ ।
यदि तपाईले तुलसीको खेती गर्नुहुन्छ भने २० देखि ४० हजारसम्मको लगानीमा तपाईले केबल ३ महिनामा ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्नुुहुन्छ । लामो समयदेखि धेरै औषधि उद्योगहरुले तुलसीबाट उत्पादन हुने तेललाई विभिन्न औषधीहरुको निर्माणमा प्रयोग गरिरहेका छन् । तुलसीको खेती चैत वा बैशाखबाट सुरु गर्न सकिन्छ ।
यसको खेती बिज वा हाँगालाई कलमी गरेर समेत गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ । तुलसीको बोट निकै कठोर हुन्छ, जसका कारण सानातिना रोगले यो वनस्पतिलाई छुन सक्दैन । रोपेको ८० देखि ९० दिनसम्म तुलसी बिक्रीका लागि तयार हुन्छ ।
२० देखि ४० हजारसम्म मात्र लगानी:
एक अध्ययन अनुसार तुलसीको खेती २० देखि ४० हजार रुपैयाँसम्म गर्न सकिन्छ । यो बजेटमा केही घटबढ ठाउँ र सिंचाई तथा अन्य बिषयको सहजताको हिसाबले पनि हुनसक्छ । तुलसीको राम्रो बिउ नेपाल र भारतका विभिन्न बजारहरुमा पाइन्छ । रोग तथा किराहरुको कम आक्रमण हुने भनी पहिचान भएको तुलसीको प्रजातिको खेती गर्न सकियो भने अझ बढी फाइदा हुन्छ । थोरै खर्च र छोटो अवधिमा तुलसीको खेतीबाट धेरै राम्रो आम्दानी हुने जानकार बताउँछन् ।
४ देखि ६ लाखसम्म आम्दानी:
तुलसीको खेतीबाट दुुई प्रकारका उत्पादन गर्न सकिन्छ । पहिलो बिउ र दोश्रो पात । यसको बिज उत्पादन गरेर समेत बिक्री गर्न सकिन्छ भने पातबाट तेल निकालेर राम्रो कमाई गर्न सकिन्छ । एक हेक्टर क्षेत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ । राम्रो बाली छ भने एक हेक्टर क्षेत्रफलबाट १७० देखि २ सय किलोग्रामसम्म पातबाट तेल निकाल्न सकिन्छ । तुलसीको बिउ प्रतिकिलो ४ सय रुपैयाँसम्म बिक्री हुन्छ । यस्तै, तेलको मूल्य अहिलेको समयमा प्रति किलोग्राम १३ सयसम्म रहेको छ । यदि थोरै मात्र आम्दानी भयो भने पनि एक हेक्टरबाट ३ महिनामै ४ देखि ६ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ ।स्)
यसकारण गर्नु हुँदैन एउटै गोत्रमा विवाहगोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि…Read More
मलेसियामा यसरी ठगिँदैछन् नेपाली कामदारमलेसिया, १ असोज- क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि…Read More