इन्जिनियरको कुर्सीमा कुलमानः यसरी गर्दैछन् विजुली व्यवस्थापन

भिडियो सहित हेर्नुहोस !
Advertisement


२ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति भारप्रेषण केन्द्रमा व्यस्त छन् । उनका आज वर्षकै सबैभन्दा ठूलो चुनौतिको दिन हो ।

किनभने नेपालमा सबैभन्दा बढी विजुली माग हुने दिन लक्ष्मीपूजा आजै हो । देशभर आज साँझ बत्ती नकाट्ने योजना सफल बनाउन उनी केन्द्रको मास्टर स्टेसनमा बसेर इन्जिनियरको भूमिका निर्वाह गहरिरहेका छन् ।
घिसिङले गतवर्ष लक्ष्मीपूजाकै दिन यही मास्टर स्टेसनमा बसेर काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने निर्णय गरेका थिए ।
स्टेसनका इन्जिनियरहरु नै उनको लोडसेडिङ हटाउने संकल्पको साक्षी थिए । आज उनी यिनै इन्जिनियरसँग मिसिएर काम गरिरहेका छन् ।
सिस्टम सञ्चालन, माग र आपूर्तिको अवस्थालाई उनी आफैं कन्ट्रोल गरिरहेका छन् ।
भारप्रेषण केन्द्र विद्युत प्राधिकरणको मुख्य कन्ट्रोल युनिट हो । यो युनिटमा २२ जना इन्जिनियर छन् ।

केन्द्रले माग र आपूर्तिको सन्तुलनका लागि व्यवस्थापकीय काम गर्छ । समस्या आएका समयमा प्रबन्ध निर्देशक घिसिङ आफैं पनि यहाँ आइपुग्छन् ।

Related Posts: