एउटा रमाइलो किस्सा, जुन कुनै लभस्टोरीमा आधारित चलचित्रको ‘सिक्वेन्स’जस्तै लाग्नसक्छ ।
भ्यालेन्टाइनको दिन थियो । कठ्याँगि्रदा दिनहरुलाई भर्खरै विदाइ गरेर राजधानीले वसन्त ऋतुको आगमनमा न्यानो तापिरहेको थियो कलाकार सीताराम कट्टे
ल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विवाह भइसकेको थिएन । ती दिनमा सीताराम नयाँबानेश्वरनजिकै थापागाउँमा फ्ल्याट लिएर बस्थे । भाइ, बहिनी उनकै साथमा थिए ।
‘मेरो परिवारसँग बसेर रमाइलो गरौं,’ सीतारामले अफर गरे ।
कुञ्जनाले उनको अफर सहर्ष स्वीकारिन् । योजना मुताबिक उनीहरु मासु किन्न बानेश्वरतिर हान्निए । एउटा गिफ्ट सपमा सीतारामको स्कुटर रोकियो, त्यहाँ आकर्षक ‘बेबी डल’ झुण्ड्याइयो थियो । बेबी डल भनेपछि कुञ्जनालाई औधी मनपर्ने । प्यारी लोभिएको देखेपछि सीतारामले त्यो खरिद गर्ने सोच बनाए ।
‘यसको कति ?’ सीतारामले सोधे । ‘११ सय,’ पसलले भने । कुञ्जनाले देखिन्, मूल्य सुनेपछि सीतारामको अनुहारमा खिन्नता पोखिएको थियो ।
‘अलि मिलाइदिनु न,’ कुञ्जनाले आग्रह गरिन् । ‘ल, नौ सय दिनु न त,’ पसलेले भने । तैपनि, सीतारामको अनुहार उज्यालो भएन । कुञ्जनाले बुझिन्, ब्वाइप|mेन्डको अवस्था । भाइबहिनीका साथ फ्ल्याट लिएर बसेको मान्छे । पारिवारिक जिम्मेवारी पनि होला । ‘होस्, पर्दैन जाउँ,’ कुञ्जनाले सहजीकरण गरिदिइन् । दुवै अगाडि बढे । अर्को गिफ्ट पसल अघिल्तिर सीतारामलाई स्कुटरमै छाडेर कुञ्जना भित्र पसिन् । सीतारामका लागि उनी गिफ्ट दिन चाहन्थिन् । तर के दिने ? उनले एउटा सरस्वतीको प्रतिमा देखिन्, त्यही खरिद गरिन् । ‘स्क्रप्ट लेख्नेका लागि यही नै उपयुक्त हुन्छ’ भन्ने उनलाई लाग्यो । कुञ्जना गिफ्ट प्याक गरेर बाहिर निस्किइन् । झन्डै एक घण्टादेखि बाहिर सीताराम कुरिरहेका थिए । ‘ल, अलि अगाडि जाऊँ न,’ कुञ्जनाले यति भनेर स्कुटर पछाडि बस्ने सुरसार गर्दागर्दै सीताराम अघि बढिहाले । कुञ्जना चढ्न नपाएको उनले भेउ नै पाएनन् ।
कालो पोतो, तिलकोठी वा मखियाको घरेलु उपचारकालो पोतो, तिलकोठी वा मखियाको घरेलु उपचारकालो पोतो हटाउने उपाय—मुगी दालको धुलो, एक सानो चम्चा दुध वा दही, तीन÷चार थोपा मह, तीन÷चार थोपा कागतीको कागतीक…Read More