ओखरको कारोबार तिहारको भाइटीका लक्षित हुने भएपनि यो साता मात्रै करिव ४० टन

भिडियो सहित हेर्नुहोस !
Advertisement


तिहार नजिकिएसंगै धरानको कृषि उपज बजारमा ओखरको कारोवार बढेको छ । ओखरको कारोबार तिहारको भाइटीका लक्षित हुने भएपनि यो साता मात्रै करिव ४० टन ओखरको कारोवार भइसकेको र करिव ६० टनको कारोवार हुन बाँकी रहेको कृषि उपज बजारमा व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । कोशी पहाडी जिल्लामा फलेका ओखरको कारोवारबाट करिव ५० लाख रुपैयाँको होलसेल विक्रि हुने गरेको कृषि उपज बजारमा व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । धरानमा संकलन भएका ओखर बिराटनगर, दमक राजबिराज, जनकपूर, बीरगन्ज, हेटौडा, पोखरा र काठमाण्डौका व्यापारीहरुले खरीद गर्ने गरेका छन् ।

Related Posts: