ढाका: म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले सिन्ह्वासँग भने, 'भेटिएका शवहरु मध्ये चार ओटा बालबालिका र चार ओटा महिलाका रहेका छन्।' दुर्घटनामा परी अरु ४० जना हराइरहेको उहाँले बताए।
उनले डुङ्गा कतिवेला दुर्घटना भएको हो भन्ने बारेमा स्पष्ट नभएको तरसोमबार विहानै भएको हुनसक्ने बताए। प्रहरी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन्। घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर दक्षिणीपूर्वमा पर्दछ।
दुर्घटना भएका समय डुङ्गामा ७० जना रोहिङ्ग्याले यात्रा गरिरहेका थिए। ती मध्ये २० जनाले आफै पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।
गत हप्ता पनि नाफ नदीको मुखैमा भएको यस्तै दुर्घटनामा परी मृत्यु भएका मध्ये कम्तीमा २८ जना रोहिङ्ग्याको शव भेटिएको थियो। यो घटनास्थल पनि बङ्गलादेश र म्यानमारको सिमानामा पर्दछ।
गत अगस्ट २९ देखि अहिले सम्म भएका यस्ता २५ ओटा डुङ्गा दुर्घटनामा परेका कम्तीमा १३२ जनाको शव निकालिएको छ।
म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि गत अगस्ट २५ देखि झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिसहरु विस्थापित भएर बङ्गलादेश पुगेका छन्।
युरोपका उत्कृष्ट खेलाडी आज घोषणा हुनेभाद्र ८, २०७४- युईएफएले २०१६/१७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो…Read More
संविधान संशोधनमा भारतको पोजिसन कायमै भाद्र ८, २०७४ मधेस केन्द्रित दलहरुको माग र संविधान संशोधनको विषयमा आफ्नो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको भारतीय विदेश सचिव एस जयशंकरले बताउनुभएको…Read More
ट्रम्पद्वारा सरकार भंग गर्ने चेतावनीअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी सरकार भंग गर्नसक्ने चेतावनी दिएका छन्।एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका…Read More