बिदेशीको नेपालमा धन्दा,नेपाली युवती प्रयोग गरेर काठमाडौंमा नाइजेरियनको ठगी धन्दा

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाल भ्रमणमा आउन लागेका जर्मन नागरिक अर्मिन ओट्टे रिगर नेपाली ट्रेकिङ एजेन्ट मिङमार लामासँग सम्पर्कमा थिए । मिङमारको एकाउन्टबाट उनलाई १९ सय ८० अमेरिकी डलर पठाउन अनुरोध गरिएको इमेल जर्मनी पुग्यो ।

कुनै हिच्किचाहटबिना रिगरले सो रकम इमेलमा भनिएको एकाउन्टमा पठाए । इमेल वार्ताका आधारमा त्यसरी पैसा पठाउँदा उनले आफू ठगिएको पत्तै पाएनन् ।


खासमा ट्रेकिङ एजेन्ट मिङमारको सो इमेल एकाउन्ट दुई नाइजेरियन नागरिक डोग्लास एमोबिओकोरोइग्वे र जुलियस फेस्टस चिजेक्वुले ह्याक गरेका रहेछन् । ह्याक गरेको इमेलबाट उनीहरुले जर्मन नागरिकसँग रकम मागेका रहेछन् ।

अपराध गर्न नेपाल पसेका ती दुई नाइजेरियनले काठमाडौं सोह्रखुट्टेमा रहेको द पिटर हाउस चर्चमा दैनिकरुपमा पुगेर स्नेहा श्रेष्ठ नामकी युवतीसँग हिमचिम बढाए ।

त्यसपछि नाइजेरियाबाट दाइले रकम पठाउन लागेको बहानामा उनीहरुले स्नेहाको बैंक खाता मागे । स्नेहाले आफ्नो एभरेस्ट बैंकको खाता नम्बर ती नाइजेरियन नागरिकलाई दिइन् ।

(अनलाइनखबरबाट,अनलाइनखबरमा प्रकाशित पुरा समाचर हेर्न यहाँ क्लिक गर्नुहोस)

Related Posts: