आज विश्व मानसिक स्वास्थ्य दिवस, मुलुकभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । यसवर्ष ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका तय गरिएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वमा ३० करोड मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको डब्लु.एच.ओ ले जनाएको छ । मानसिक रोगी भएका कारण कार्यस्थलमा गरिने दुव्र्यवहार कम गर्न जनचेतामूलक कार्यक्रमको खाँचो रहेको डब्लुएचओले औंल्याएको छ । डुब्लुएचओको अध्ययन अनुसार मानसिक स्वास्थ्यबाट पीडितका कारण उत्पादनशील काममा प्रत्येक बर्ष १० खर्ब अमेरिकी डलर घाटा हुन्छ । मानसिक स्वास्थ्यका कारण बेरोजगारीको संख्या समेत बढ्दै गएको डब्लुएचओको भनाई छ ।
वडा अध्यक्षका उम्मेदवारको नागरिकता खारेज: जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका तर्फबाट निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार जयराम कुवँरको नागरिकता खारेज गरेको छ। कु…Read More