बाम गठबन्धनमा सीटको मोलमोलाई – माओवादीले ५६ सीट पाउने पक्का

भिडियो सहित हेर्नुहोस !
Advertisement
आशन्न प्रतिनिधिसभाको चुनावमा ६०/४० प्रतिशतको भागवण्डाका लागि सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रवीच कुन जिल्लामा कति सीट लिने भन्ने रस्साकस्सी सुरु भएको छ । एमालेले राजपाका विद्रोही नेता र नयाँ शक्तिलाई समेत सीट दिनुपर्ने भएकाले त्यसबाट बचेका सीटमा मात्रै ६०/४० को भागवण्डा गरिने अडान राखेको छ ।
चुनावपछि पार्टी एकताकै घोषणा गर्ने भन्दै कार्यदल बनाएका एमाले- माओवादी नेताहरुवीच यतिबेला १६५ वटा निर्वाचन क्षेत्रमा कसरी भागवण्डा गर्ने भन्ने विषयमै सहमति जुट्न सकेको छैन । कुल १६५ निर्वाचन क्षेत्रलाई ६०/४० मा भागवण्डा गर्दा माओवादीका भागमा करिब ६६ सीट पर्छ । तर, अहिलेसम्मको छलफल अनुसार माओवादीले ५६ सीट पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

Related Posts: