२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली आगामी १६ वैशाखमा सेवानिवृत्त भएपछि वरिष्ठताका आधारमा दीपक जोशी प्रधानन्यायाधीश हुनेछन् । करिब डेढ वर्ष सो पदमा रहने उनी असोज ०७६ मा सेवानिवृत्त हुनेछन् ।
त्यतिवेलाका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्र उमेरहदका कारण त्यसअघि नै निवृत्त हुनेछन् । त्यसैले दीपक जोशीपछिको जिम्मेवारी सीधै चोलेन्द्रशमशेर जबरालाई जानेछ ।प्रधानन्यायाधीशका रूपमा चोलेन्द्रको तीनवर्षे कार्यकाल मंसिर ०७९ सम्म चल्नेछ । तर, ६५ वर्ष पुगेर त्यतिवेलाका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की दुई महिनाअघि असोजमै निवृत्त हुनेछन् । त्यस्तै, न्यायाधीशहरू केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र मीरा खड्का पनि त्यसअघि नै बिदा भइसक्नेछन् ।
चोलेन्द्रपछिको पालो सीधै हरिकृष्ण कार्कीलाई आउनेछ । उनी भदौ ०८० सम्म अर्थात् नौ महिना प्रधानन्यायाधीश हुनेछन् । कार्कीपछि प्रधानन्यायाधीश बन्ने विश्वम्भर श्रेष्ठले एक वर्ष अर्थात् असोज ०८१ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी पाउनेछन् । त्यसअघि फागुन ०८० मा ईश्वर खतिवडा र असार ०८१ मा आनन्दमोहन भट्टराई न्यायाधीशबाटै निवृत्त हुनेछन् । त्यसैले असोज ०८१ देखि चार वर्ष सपना प्रधान मल्लले प्रधानन्यायाधीशका रूपमा सर्वोच्चको नेतृत्व गर्नेछिन् ।
तरकारी खेती गर्दै पीएचडी ल्मी दरबार गाउँपालिका ३ राजाका लक्ष्मीकुमार भुसाल (५९) ले रोजगारीका क्रममा जीवनको ऊर्जाशील १५ वर्ष भारतको कानपुरमा बिताए । तर, सन्तुष्ट भएनन् । र, घर …Read More
एनआरएनए अध्यक्षमा भट्ट विजयीगैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भार…Read More