बागलुङ : पश्चिम निसीको ‘जर्बजस्ती करणी प्रकरण' मा आर्थिक लेनदेनको नयाँ रहस्य सार्वजनिक भएको छ। निसी गाउँपालिका भल्कोटका एक २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका बडिगाड गाउँपालिका ५ ग्वालीचौरका ४२ वर्षीय नारायण भट्टराई जिल्ला अदालतको आदेशमा जेल चलान भएपछि ठूलो रकम लेनदेनमा मिलोमतो प्रयास बिफल भएको रहस्य खुस्थानीय नेता र सामाजिक अगुवाको पहलमा ९ लाख रुपैयाँमा ‘जबरजस्ती करणी' को घटना मिलाउने सहमति भएको थियो। उनीहरू दुवै पक्षबीच अदालतमा युवतीले जबरजस्ती करणी गरेको होइन भनेर मुद्दा फिर्ता लिने र भट्टराई पक्षले युवतीलाई भनेअनुसारको कबुल रकम दिनेमा सहमति जुट्यो। उक्त सहमतिअनुसार भट्टराईकी श्रीमती मीना भट्टराईले रातारात ऋण गरेर पैसा पनि जम्मा गरिन्। स्थानीय शिक्षक सागर खरेलको रोहबरमा तमसुक बनाएर युवतीका आफन्त निसीखोला-५ का हर्कमान बुढालाई सहमतिअनुसारको रकम पनि बुझाइयो।
तर सहमतिविपरीत २०७३ साल असार ३१ गते भएको भनिएको घटनामा जिल्ला अदालतले गत मंसिर २० गते भट्टराईलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनायोे। सजाय सुनाएर जिल्ला कारागार चलान भएपछि जबरजस्ती करणीमा सम्लग्न नारायण भट्टराईकी श्रीमती मीनाले मुद्दा मिलाउने भन्दै दिएको ९ लाख रुपैयाँ फिर्ता गर्न माग गरिन्। रकम बुझेका स्थानीय शिक्षक हर्कमान बुढा र रोहबरमा बसेका अर्का शिक्षक सागर खरेलले पनि उक्त रकम युवतीका परिवारलाई बुझाएको बताइरहेका छन्।
तर, युवतीले भने आफूले कसैबाट कुनै रकम नबुझेको दाबी गरेकी छन्। ‘घटना जे जसरी भयो, आयो, घरको मुख्य कमाउने अभिभावक नै नभए घर खर्च र छोराछोरीको पठनपाठन कसरी गर्ने ? मिलाउने भए ठीकै छ भन्ने सोचेर सण्कडा चार रुपैयाँ ब्याजमा ऋण खोजेर रकम दिएँ', कारागार चलान भएका भट्टराइकी श्रीमती मीनाले भनिन्, ‘अहिले श्रीमान् पनि जेल गए, लाखौं रकम पनि दिन अनेक बहाना गरिरहेका छन्।' मुद्दा मिलाउने बाहनामा सबै मिलेर आफूलाई थप पीडा दिएको मीनाको भनाइ छ।
बुर्तिबाङमा फेन्सी व्यवसाय गर्दै आएका भट्टराई दम्पतीका ७५ वर्षीया आमासहित तीन छोरा र एक छोरी छन्। ‘अब अदालतले फैसला गरेकाले कानुनअनुसार सजाय भोग्नुपर्छ', मीनाले थपिन्, ‘तर म यसै पीडामा छु, यसमा पनि अझ मुद्दा मिलाउने भनेर अगुवा आफन्तले नै मलाई धोका दिए, म विक्षिप्त भएकी छु।' यस विषयमा वडादेखि गाउँपालिका तहमा समेत स्थानीय जनप्रतिनिधि र अगुवाबीच छलफल भएको थियो। बडिगाड गाउँपालिकामा भएको छलफलबाट हर्कमान बुढाले असोज ७ गतेभित्र रकम फिर्ता गर्ने कागज गरे पनि सहमतिअनुसार काम नभएको बडिगाड गाउँपालिका प्रमुख मेयरसिंह पाइजाले बताए।
पीडित पक्षका तर्फबाट रकम बुझेका हर्कमान बुढाले भने आफूहरूले रोहबर र साक्षीका रूपमा रकम बुझे पनि युवतीका दाजु जानबहादुरलाई रकम हस्तान्तरण गरिएको बताए। ‘हामीले गाउँको विषय गाउँमै मिलाउ भनेर पहल गरेका हौं, बुढाले भने, ‘तर युवतीका परिवारले क्षतिपूर्तिमार्फत दिएको रकम हामी फिर्ता दिँदैनौं भन्छन्, हामीले के गर्ने ?। पैसामा मुद्दा मिलाउने विषयले अहिले बुढा र खरेल पनि तनावमा छन्। भट्टराईकी श्रीमती र आफन्तले कि मान्छे चाहियो कि रकम भनेर दबाब दिइरहेका छन् भने युवतीका दाजु र आफन्तले क्षतिपूर्तिबापत रकम दिएकाले फिर्ता नगर्ने अडान लिइरहेका छन्।
निसीको कान्लाचौरको एक होटेलमा भट्टराई र युवतीबीच यौन सम्बन्ध भएको थियो। भट्टराईले अदालतमा सहमतिमै यौन सम्वन्ध भएको दाबी गरेका थिए। उनले सबै कुरा सहमतिमा भएको तर होटेलमा पैसा तिर्नुपर्ने रकम र युवतीले मागेको रकम नदिए पछि विषयान्तर गर्ने काम भएको जिकिर गरेका थिए। तर, युवतीले भने आफूले कसैसँग पैसाको कुरा नगरेको र दोषीले कारबाही भोग्नुपर्ने पक्षमा आफू रहेको बताइन्।
अदालतको फैसला दुर्भाग्यपूर्ण’ : एमाले क्तपुर, १६ साउन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनःमतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण…Read More