ल्मी दरबार गाउँपालिका ३ राजाका लक्ष्मीकुमार भुसाल (५९) ले रोजगारीका क्रममा जीवनको ऊर्जाशील १५ वर्ष भारतको कानपुरमा बिताए । तर, सन्तुष्ट भएनन् । र, घर फर्केर गाउँकै कृषि सहकारीमा आबद्ध भए । कृषि क्षेत्रको अवलोकनका क्रममा पोखराका किसानहरूले टमाटर खेती गरेर लाखौँ कमाएको देखेपछि उनी दंग परे । र, त्यही प्रेरणाले टमाटर खेतीमा लाग्ने प्रण गरे । ‘गाउँमा खेती गरेर आम्दानी गर्न सकिन्छ’ भन्ने उनलाई शुरुमा विश्वास थिएन ।
तर, तिनै भुसाल अहिले तरकारी खेतीका अगुवा किसान बनेका छन् । पत्नी रूपाकुमारी (४९) ले गाउँकै नवदुर्गा कृषि सहकारीबाट ३० हजार रुपैयाँ ऋण लिइन र उनले २०६४ सालदेखि तम्घास–बुटवल सडकखण्डअन्तर्गत सडकछेउमै व्यावसायिक टमाटर खेती शुरु गरे । दुई छोरा र एक छोरीका पिता उनलाई छोराछोरी कसरी पढाउने भन्नेमै चिन्ता थियो । तर तरकारी खेतीबाट आम्दानी बढ्दै जान थालेपछि उनको चिन्ता दूर भयो ।
टमाटर खेती गरेरै कमाएको पैसाले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएर गाउँमै उदाहरणीय काम गरेका छन्, भुसाल दम्पतीले । जेठो छोरा प्रदीपले स्पेनमा होटल म्यानेजमेन्टमा पीएचडी गरेर उतै जागिरे छन् भने कान्छो छोरा प्रताप अस्ट्रेलियामा सूचना प्रविधि पढ्दै छन् । छोरी उषाले काठमाडौंमा पत्रकारिता विषयमा स्नातकोत्तर पूरा गरेर राजधानीमै पत्रकारिता पेसामा छिन् । उनी कृषि टेलिभिजनमा काम गर्छिन् । भुुुुसाल दम्पतीको दशवर्षे व्यावसायिक कृषि यात्राले अहिले परिवारमा खुसियाली छाएको छ ।
टमाटर खेती गर्ने भुसालका जेठो छोरा प्रदीपले स्पेनमा होटल म्यानेजमेन्टमा पीएचडी गरे। कान्छो छोरा प्रताप अस्ट्रेलियामा आईटी पढ्दै छन्।
‘छोरा छोरीहरूलाई पढाउन लाखौंं खर्च भइसक्यो,’ रूपाले भनिन्, ‘लगानीअनुसार छोराछोरीले राम्रोसँग पढेपछि हामी यसैमा खुशी छौँ ।’ उनीहरूले चार वटा टनेल बनाएर लटरम्म टमाटर फलाएका छन् । ‘बजारको चिन्ता छैन,’ भुसाल दम्पती भन्छन्, ‘गाउँमै आएर लैजान्छन् । कहिलेकाहीँ तम्घास र बुटवल पनि पठाउँछौँ । गाडी लिएरै टमाटर किन्न आउँछन् ।’‘एक बोटबाट कम्तीमा दश किलो टमाटर फलाउने उनले बताए । भन्छन्, ‘बिरुवा लगाएको तीन महिनापछि उत्पादन शुरु हुने
उनीहरूले टमाटर खेतीसँगै तीन वटा जर्सी गाई पनि पालेका छन्, जसको गोबर टमाटर खेतीमा प्रयोग गर्ने गरेको दम्पती बताउँछन् । दूधबाट पनि आम्दानी भइरहेको छ । ‘सबै खर्च कटाएर वार्षिक चार लाख आम्दानी हुन्छ,’ लक्ष्मीले भने, ‘शरीरले साथ दिँदासम्म खेती गर्ने हो ।’ तरकारीकै आम्दानीबाट उनीहरूले चार रोपनी जग्गासमेत किनेका छन् ।जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले उनलाई मिहिनेती किसान घोषित गरी विभिन्न अनुदानसमेत दिने गरेका छन् । भारतको कानपुरमा वर्षौं बिताएको स्मरण गर्दै उनले मिहिनेत गर्न सके आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँछन्, उनी । चार रोपनी क्षेत्रफलमा टमाटर खेती गर्ने भुसाल दम्पती जिल्लामा व्यावसायिक तरकारी खेतीको नमुना जोडी बनेको छ ।
खाँटी मह यसरी पत्ता लगाउनुस्महमा भिटामिन, प्रोटीन, खनिज र अमिनो एसिड भरपूर मात्रामा पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । तर बजारमा नक्कली मह छ्यापछ्याप्त…Read More
पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । र…Read More
मधुमेह रोगीलाई अचुक दबाइः मेथी यसरी खानुसमेथी वा मेथीको साग खानाले रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा बढेर शरीरमा हानि पुग्न पाउँदैन । – रगतमा चिनीक…Read More