भारतको बिहारस्थित फारबिसगन्ज-जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्यहाँको सरकारले अझै चासो दिएको छैन। बाढीले बगाएको रेलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना बितिसक्दा पनि त्यतिबेलै भत्केको पुल भने मर्मत गरिएको छैन। यही पुल भएर भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु आयात र नेपालबाट उत्पादित वस्तु निर्यात हुने गर्छ। तर, दुई महिना बितिसक्दा पनि भासिएको पुल मर्मत नगर्दा नेपालतर्फको आयात र निअहिले बथनाहाबाट रुट परिवर्तन गरी भीमनगर हुँदै सुनसरीबाट नेपालतर्फ मालसामान ल्याउनुपर्ने बाध्यता छ। यसरी सामान ल्याउँदा उद्योगी तथा व्यवसायीले अतिरिक्त ७० किलोमिटर दूरी पार गर्नुपर्छ। ‘लागत खर्च मात्र करोडौं बढेको छ। अतिरिक्त सात दिनसम्म कन्टेनर र मालवाहक गाडी नेपालतर्फ रहँदा थप दस्तुर बुझाउनुपर्छ', मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा भन्छन्, ‘पुल सञ्चालनमा नआउँदा अघोषित रूपमा नाकाबन्दी भएजस्तै अवस्था छ।'
उनका अनुसार रुट परिवर्तन गरी सुनसरीबाट नेपालतर्फ आउने मालवाहक गाडी फेरि विराटनगर भन्सार कार्यालय ल्याएर जाँचपास गराउनुपर्ने झन्झट छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषराज पौडेलले पुल मर्मतमा गति दिन भारतीय पक्षलाई आग्रह गरेको जानकारी दिए। साउन २८ गते बाढीका कारण भारतीय पुल भासिएपछि त्यहाँको सरकारले नेपालतर्फ जोगबनी भएर मालसामान आयात तथा निर्यात गर्न रोक लगाएको छ। यो नाका भएर ५० टन तौलसम्मका मालवाहक कन्टेनर तथा गाडी आउने गरेकोमा अहिले भीमनगरको साँघुरो बाटोबाट चाहिएअनुसार ल्याउन नसकेको उद्योगीले बताएका छन्।र्यातमा समस्या भएको छ। राजस्व असुली घट्यो
समयमै पुल मर्मत नहुँदा विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको छ। भदौमा २ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य थियो। तर, भारतीय पुल भासिएपछि भन्सारको राजस्व असुली दैनिक चार करोडमा झरेको छ। सामान्य अवस्थामा भन्सारले दैनिक ८ करोड राजस्व उठाउने गर्छ। भन्सार प्रमुख बस्नेत भन्छन्, ‘यसै साता पुल पुनः सञ्चालनमा आउँछ भन्ने अपेक्षा मात्र गर्न सक्ने अवस्था छ।'
भीमनगरबाट सुनसरीको कोसी ब्यारेज हुँदै सुनसरी-मोरङ औद्योगिक करिडोरसम्म कच्चा पदार्थ तथा अन्य वस्तु घुमाएर ल्याउँदा ढुवानी लागत बढेको छ। भन्टाबारीबाट भीमनगर हुँदै भारततर्फ जाने बाटो साँघुरो भएकाले २० फुटे कन्टेनरलाई नेपाल आउन कठिन छ। फलामको ट्रस्ट र पिलरबाट एक सय वर्षअघि अंग्रेजको पालामा बनेको मिरगन्ज पुलले नेपालतर्फ विराटनगर र भारतको अररिया बथनाहालाई स्थलगमार्गबाट जोडेको छ। यसको वैकल्पिक पुल निर्माणका लागि केही पश्चिमतर्फ पिलर हाल्दै गरे पनि लामो समयदेखि काम अघि बढ्न सकेको छैन।
नेवार समुदायको मौलिक पर्व म्हःपूजा
: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्व…Read More
जंगली हात्तीको बथानले घर भत्कायोशुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका …Read More