२७ असोज । आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ हङकङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए । यसअघि हङकङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । हङकङका लागि जेमी एट्कीन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ११७ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । टनबीर अफजलले ३८ र कप्तान बाबर हायटले २९ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने तीन तथा वसन्त रेग्मी र करण केसीले समान दुई/दुई विकेट लिए ।
फिलिपिन्समा गयो शक्तिशाली भूकम्पएजेन्सी : शनिबार फिलिपिन्समा शत्तिशाली भूकम्प गएको छ । प्यासाफिक सुनामी सेन्टरले भूकम्प ७.२ रेक्टर स्केलको भएको भनिएपनि अमेरिकी भूगर्वविदले ६.८ रेक्टर…Read More