एमाले-माओवादी वाम गठबन्धन सँगको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ। शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो। ‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने। तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने।’ सँगै नयाँ शक्तिले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता-छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णयमा उल्लेख छ। सँगै बैठकले पूर्ववत निर्णय अनुसार नै शीर्ष नेताको चुनाव क्षेत्रलाई सदर गरेको छ। नयाँ शक्तिका कुन नेताको उम्मेदवारी कुन क्षेत्रबाट : १. डा. बाबुराम भट्टराई - गोरखा-२ २. कृष्णकुमार चौधरी - कैलाली-३ ३. दानबहादुर चौधरी - कपिलबस्तु-१ ४. प्रेम तामाङ - रसुवा ५. मदन राई - खोटाङ
संसद्को तेस्रो अधिवेशन सुरु जेष्ठ ८, २०७४- व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठ…Read More