क्षेत्रका महानायक राजेश हमालले रुकुम मुसिकोटमा चलिरहेको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवमा आफ्नो प्रस्तुति देखाएका छन्। ११ दिनसम्म चलेको महोत्सवको अन्तिम सोमबार उनले आफ्नो प्रस्तुति देखाएका हुन्। उनको प्रस्तुति हेर्न गाउँगाउँबाट ठूलो संख्यामा दर्शकहरूको सहभागिता थियो भने मुसिकोट पुगेलगत्तै उनलाई भव्य स्वागत पनि गरिएको थियो। कार्यक्रममा बोल्दै हमालले आफ्नो उमेर अहिले पनि २५ वर्ष नै हो जस्तो लाग्ने गरेको बताए। ‘२८ वर्ष त नेपाली चलचित्र क्षेत्रमा नै बिताइसकेको छु’, उनले भने, ‘तर मेरो उमेर अहिले पनि २५ वर्ष नै ओ जस्तो लाग्छ।’ आफूसँग २५ वर्षकै युवाको जस्तो जोश अझै भएको र दर्शकहरूले पनि माया गरिरहेको उनको भनाइ थियो। कुनै पनि मानिस उमेरले बूढो नहुने भन्दै उमेर ढल्केर पनि युवा जस्तै जोश जाँगर देखाइराख्ने हो भने मान्छे कहिल्यै बूढो नहुने उनले बताए। दर्शकहरूको चर्काे हुटिङ र हौसलाका साथ राजेश हमालले फिल्मी डाइलग शैलीमा भने, ‘सूर्य कहिल्यै पनि पश्चिमबाट उदाउँदैन अनि राजेश हमाल कहिले पनि बूढो हुँदैन।’ हमालले ‘चट्ट रुमाल’ भन्ने फिल्मी गीतमा आफ्नो प्रस्तुति दर्शक माझ देखाएका थिए। त्यस्तै, गायक तिलक परियारले गाएको ‘सगालैका बारिमा तोरी हरियो, लाग्दैन बाडुल्की माया मरियो’ भन्ने स्थानीय टप्पा भाकामा गाइएको गीतमा पनि खुलेरै दर्शकसँगै नाँचेका थिए। राजेश हमालको प्रस्तुतिमा सयौँ मोबाइलहरू तस्बीर र भिडियोका लागि उनीतिर तेर्सिएका थिए।
बम समातेर फाल्ने प्रहरी पुरस्कृत१९, २०७४- स्थानीय तह निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम टिपेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार पुरस्कृत गरिएको…Read More
रोबोकुट बोकेर अमेरिकामा अमेरिकामा भएको ग्लोबल कम्पिटिसनमा रोबर्र्ट निर्माणमा दक्षिण एसियामा दोस्रो र विश्वमा ३८औं स्थान ल्याउन सफल काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित शिखरपु…Read More