यी अभिनेत्री थिईन् ‘अमिर खान’को पहिलो रोजाई

भिडियो सहित हेर्नुहोस !
Advertisement
गत वर्ष आमिर खानको मुख्य भूमिका रहेको सिनेमा दंगलले भारतमा मात्रै हैन भारत बाहिर पनि रेकर्डब्रेक कारोबार गरेको थियो । यस सिनेमामा आमिर खानको छोरीको भूमिका निर्वाह गरेकी अभिनेत्री फतिमा सना शेखले आमिरको आगामी सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’मा पनि मुख्य भूमिका निर्वाह गरेकी छिन् । यो सिनेमाको हाल छायांकन भईरहेको छ ।
यो सिनेमाको लागि आमिरको पहिलो रोजाई भने सना थिईनन् । आमिर खान यस भूमिकामा टेलिसिरियल ‘कुमकुम भाग्य’बाट चर्चामा आएकी अभिनेत्री मृणाल ठाकुरलाई लिन चाहन्थे । ईन्टरनेशनल सिनेमा ‘लभ सोणियो’मा मृणालको काम हेरेपछि उनको कामबाट प्रभावित भएका आमिर ‘ठग्स अफ हिन्दुस्तान’मा पनि उनलाई लिन चाहन्थे । उनले यस सिनेमाको लागि मृणाललाई प्रस्ताव पनि राखेका थिए । यति मात्रै हैन यशराज ब्यानरका आदित्य चोपडाले आफ्ना अन्य तीन सिनेमामा काम गर्ने अफर समेत दिएका थिए । तर मृणालले यो अफरलाई सहजै अस्विकार गरिदिईन् ।
पछिल्लो समयमा ईन्टरनेशनल रुपमा काम गरिरहेकी उनले आफ्नो ईन्टरनेशनल करिअर बिग्रिने डरले नै यशराज ब्यानरको यो प्रस्ताव अस्विकार गरेको बताईन्छ । मृणालले जि टि भिको ‘कुमकुम भाग्य’मा सृती झा उर्फ प्रज्ञाकी बहिनीको भूमिका निर्वाह गरेर लोकप्रियता बटुलेकी थिईन् । उनी यस सिरियलमा बुलबुलको भूमिकामा थिईन् ।
मृणालले यसमा काम गर्न नमानेपछि आमिरले फतिमा सना शेखलाई लिईएको बताईन्छ । ‘दंगल’मा काम गर्ने क्रममा सनाको जोश र जाँगर देखेका आमिरकै सिफारिसमा आदित्यले सनालाई फाईनल गरेका थिए ।

Related Posts: