काठमाडौं, ३२ साउन — हिन्दू धर्ममा भएका १६ संस्कारमध्ये विवाह सबभन्दा महत्त्वपूर्ण संस्कार हो । विवाह कहिले होला भनी सबैले मनमा प्रश्न पालिरहेका हुन्छन् । तर सपनामा विवाहसम्बन्धी प्रश्नका उत्तर लुकेका हुन्छन् । यहाँ हामी त्यस्ता सपनाको चर्चा गर्दछौं । कुनै युवतीले सपनामा सुन्दर चरा देखिन् भने उनको प्रेम छिट्टै विवाहमा परिणत हुन्छ । सपनामा प्रसन्न हुँदै नाचेको देख्नुभयो भने बिहे हुन लागेको थाहा पाउनुस् । कुमारी केटीले सपनामा मूर्ति बनाउनेलाई देखिन् भने उनले मनमुताबिक पत्नी पाउँछिन् । सपनामा युवतीले साथीबाट हातको बाला पाएको देखिन् भने उनको शीघ्र विवाह हुन्छ । सपनामा मगनी भएको देखेपछि युवकले मनमुताबिक केटीसँग बिहे गर्न पाउँछ । युवतीले सपनामा मेलामा घुमेको देखिन् भने उनको विवाह हुने संकेत हो । कुनै व्यक्तिले आफू हेलिकप्टरमा घुमेको देखेमा छिट्टै बिहे हुन्छ भनी बुझे हुन्छ ।
कतारमा तोकिएको तलव कार्यान्वयन गराउन माग जेष्ठ १८, २०७४- प्रवासी नेपाली मञ्चले कतारमा कार्यरत नेपालीको न्युनतम तोकिएको तलवलाई कार्यान्वयन गराउन नेपाली दूतावाससमक्ष माग गरेको छ । चार वर्षअघि द…Read More
अब सूर्यमा रकेट प्रक्षेपण गर्दै नासाकाठमाडौं । नेसनल एअरोनेटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले विश्वमै पहिलोपटक सूर्यको वरिपरिको वातावरण अध्ययनका लागि रकेट प्रक्षेपण गर्ने महत्वाकां…Read More