जर्मनीमा जन्मिएकी भए पनि त्यहाँबाट निष्कासन गरिएकी नेपाली मूलकी किशोरी विभ्सी राना पुनः जर्मनी फर्कने पाउने भएकी छन्। कक्षाबाटै निष्कासन गरेर नेपाल फर्काइएकी राना अब विद्यार्थी आदानप्रदान भिसाअन्तर्गत जर्मनी फर्कन पाउने भएकी हुन्।उनलाई निष्कासन गरिएको करिब दुई महिनापछि विद्यार्थी आदानप्रदान भिसा दिइएको हो। जर्मनीको स्थानीय समाचारमाध्यमका अनुसार उनी अब पूरा परिवारसहित जर्मनी फर्कन सक्नेछिन्। गत मे महिनामा १५ वर्षीया रानालाई त्यसै महिनाको अन्त्यमा देश छाडिसक्नुपर्ने भनिएको थियो। कक्षामा पढिरहेकै बेला उनलाई निकालेर स–परिवार देश छाडेर जान आदेश दिइएको थियो। कक्षाबाटै निकालेर परिवारसहित फ्र्यांकफर्ट एयरपोर्ट पुर्याइएकी राना प्रहरीको निगरानीमा नेपाल फर्केकी थिइन्। निष्कासनबारे जानकारी पाएपछि उनी बस्दै आएको ड्यूसवर्ग समुदायमा हंगामा मच्चिएको थियो। सँगै पढ्ने रानाका साथीहरुले सडकमा र्यालीसहितका कार्यक्रममार्फत निष्कासनको विरोध गर्दै उनको फिर्ती माग गरेका थिए। जमर्नीका स्थानीय समाचारमाध्यमले उल्लेख गरेअनुसार रानाले अहिले पाएको भिसाको मिति सकिएपछि पुनः विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने ड्यूसवर्गका मेयरले बताएका छन्। उनले रानाको मामिला सल्टेर एकदमै जटिल समस्या समाधान गर्न सफल भएको अभिव्यक्ति पनि दिएका छन्।
किन निकालिएकी थिइन् राना जर्मनीबाट? रानालाई त्यसरी कक्षाबाटै निकालेर निष्कासन गर्नुका पछाडि उनका आमाबाबुलाई नै दोषी देखाइएको छ। सन् १९९८ मा जर्मनीमा प्रवेश गर्दा रानाका आमाबाबुले उनीहरुको वास्तविक नाम ढाँटेको आरोप छ। जर्मनीमा बस्न भनेर पहिलोपटक दिएको निवेदन अस्वीकृत भएपछि उनीहरुले अर्को नाममा पुनः आवेदन दिएका थिए विभ्सी जर्मनीमै जन्मिएकी भए पनि नाम ढाँटेको विषय ‘ढाँटछल’ को मुद्दा भएकाले यसलाई नियमविरुद्ध मान्दै जर्मनीले निष्कासनको निर्णय गरेको थियो।
अन्ततः भारतीले गरिन् इन्गेज्मेन्टचर्चित कमेडियन भारती र उनका ब्वायफ्रेन्डले इन्गेज्मेन्ट गरेका छन् । यो खुशीको खबर भारतीले इन्स्टाग्राममा तश्वीर शेयर गरेकी दिएकी हुन् । भारतीले इन्स्ट…Read More
प्रदेश नं १ को राजधानी : सुनसरीको तरहरा ?पूर्वाञ्चलको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पुग्दा लगभग साँझ पर्न लागेको थियो ।नगरपालिकाको दोस्रो तलामा अवस्थित सभाकक्षमा हामीले …Read More