राधिका एसियाकै पहिलो महिला एनआरएनए अध्यक्ष

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १०, २०७४
गैह्र आवासिय नेपाली संघ (एनआरएनए) हङकङमा राधिका गुरुङ (टिका) को पुरै प्यानल बिजयी भएको छ । विभिन्न पदका लागि आईतबार सम्पन्न छैटौ अधिवेशन र प्रतिनिधी छनौटमा अधिकांश पदहरु सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदका लागि प्रत्यासी कोमल गुरुङले अन्तिम समयमा उमेद्धारी फिर्ता लिएपछि राधिका सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । गैह्रै आवाशिय नेपाली संघ (एनआरएनए) कै ईतिहासमा हङ्कङले पहिलो महिला नेतृत्व पाएको छ । बेल्जियमा जानुका गुरुङ् अध्यक्ष भएयता महिलाहरुको नेतृत्वमा खडेरी लागिरहेको एसिया प्यासेफिक डेपुटी रिजनल कोडिनेशनल कृष्ण पाण्डे बताउछन् ।
यस्तै उपाध्यक्षमा पनि जयन्ती गुरुङले उमेद्धारी फिर्ता लिएपछि निरञ्जन गुरुङ् र कर्म गुरुङ सर्वसम्मत चयन भए । युवा संयोजकमा प्रेम लामालाई सर्वसम्मत चयन गरियो सोहि पदका लागि नरेन्द्र गुरुङले अन्तिम समयमा उम्मेद्धारी फिर्ता लिएका थिए ।
अधिवेशनमा महासचिव र महिला संयोजकका लागी मतदान भएको थियो, जसमा किसन राईले प्रत्यासी बिनय शाहलाई पराजित गरे । महिला संयोजकमा प्रत्यासी ईन्द्र गुरुङ्लाई पराजित गर्दै अनु राई बिजयी भईन । अधिवेशन र निर्वाचनका लागि एनआरएनएका उपाध्यक्षद्धय भवन भट्ट र कुमार पन्त, एनआरएनए प्रशान्त क्षेत्रका सहसंयोजक गोविन्द श्रेष्ठ लगायतको सहभागिता थियो ।
संघको कोषाध्यक्षमा गोकर्ण ढकाल, सचिवमा टिका राना, आई सि. सि. सदस्य मिनबहादुर गुरुङ्, सदस्यहरु किशोरकुमार गुरुङ्, सुरेन्द्रमान घले, बिजयकुमार गुरुङ्, बसन्तबहादुर श्रीनेत, भेषमणी श्रेष्ठ, बिजय श्रेष्ठ, ईन्द्र वनेम, सिमा थापा, धरमकुमार गुरुङ् र्निविरोध चयन भएका थिए ।
नेपाली समाजको स्तरोन्तरी मेरो दृढ लक्ष्य हो : अध्यक्ष राधिका
नवनिर्वाचित एनआरएनए हङ्कङ अध्यक्ष राधिका गुरुङ् (टिका)ले नेपाली समाजको स्तरोन्तरीको लागि निरन्तर लागि पर्ने बताईन । सम्पूर्ण शुभचिन्तक, नेपाली समाजलाई धन्यवाद दिदै उनले एनआरएनएमा अग्रजहरुले अहिलेसम्म गरेका सकारात्मक कामहरुलाई आफ्नो कार्यकालमा निरन्तरता दिने बताईन । हङ्कङमा नेपालीहरुका साझा समस्याहरुको पहिचान र समाधानका लागि नेपाल सरकारको प्रतिनिधी संस्था नेपाली कन्सुलेटसाग सहकार्य गर्ने, रोजगार भिषाको समस्या लगायतका विषयमा सम्बन्धित निकायहरुसाग समन्वय गर्ने, नेपालको उत्पादन प्रर्बद्धनका लागि आवश्यकीय पहलहरु गर्ने, गैह् आवाशिय नेपालीमाथि राज्यले गरेको विभेदका विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउाने, हङ्कङमा रहेका नेपाली संघसस्थाहरुको एकताको लागि पहलकदमी कार्य जारी राख्ने लगायतका मुद्धामा अर्जुन दृष्टि लगाएर काम गर्ने बताईन ।

Related Posts: