श्रावण १०, २०७४- नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ । मंगलबार नै मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा जुटेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट ४, नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट १, १ गरी १० जना नयाँ मन्त्री बनाउन कांग्रेस नेताहरु सहमत भएका हुन् । भागवण्डाका आधारमा पार्टीबाट मन्त्री बन्नेहरुको नाम छनौट गरेका कांग्रेस नेताहरुले केहीबेरपछि औपचारिकता प्रदान गरिने जनाएका छन् । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी मंगलबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् । कांग्रेसबाट मन्त्री बन्नेहरुमा प्रधानमन्त्री तथा सभापति देउवा पक्षबाट मिन विश्वकर्मा वीरबहादुर बलायर अर्जुन जोशी अम्बिका बस्नेत
पौडेल पक्षबाट बलबहादुर केसी रामकृष्ण यादव राजन (राजेन्द्रबहादुर) केसी सरिता प्रसाईं वा कमला पन्तमध्ये एकजना
सिटौला समूहबाट भीमसेनदास प्रधान खुमबहादुर खड्काको तर्फबाट मोहनबहादुर बस्नेत माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ
सुकी, अल्पसंख्यक र आतंकवाद
भाद्र ३०, २०७४-सधैंजसो सबैजसो मुलुकको चासोको विषय आतंकवाद र असुरक्षाको प्रसंग नै चीनको स्यामनमा हालै सम्पन्न नवौं ‘ब्रिक्स’ शिखर सम्मेलनमा प्राथमिकता…Read More