स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । रानाको हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको हो । असार १४ गते भएको दोस्रो चरणको चुनावको मतदानको दिन दाङको तुलसीपुर उपमहानगरपालिका- ३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तरगत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो । हबल्दार रानाले त्यसलाई तत्काल सुरक्षित स्थानमा फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाएका थिए । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए । मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा
चार खाडी देशले कतारको जवाफ पाए दुबई : कतारले कुवेत मार्फत पठाएको जवाफको प्रतिउत्तर दिने तयारीमा रहेका साउदी नेतृत्वको खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक कायरोमा बसिरहेको छ । इजिप्ट…Read More