आईसीसी अन्डर १९ बिश्वकपको एसियाली छनौटको तयारीका लागि इन्डिया भ्रमणमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा समेत जित निकालेको छ । ग्रेटर नोएडा स्थित गौतमबुद्ध युनिर्भसिटी क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्थानीय गूरुग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरमा पराजित गर्यो । नेपालले प्रस्तुत गरेको ३ सय ३९ रनको लक्ष्य पछ्याएको गूरुग्राम २९ ओभर एक वलमा मात्र ८९ रनमा समेटियो । उसका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका पवन सरार्फले ४ तथा बिक्रम भूषाल र रोहित पौडेलले समान २/२ विकेट लिए । सहाव आलमले एक विकेट चट्काए । त्यसअघि, टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । अदिल खानले सर्वाधिक ७५ रन बनाएको इनिङ्समा ओपनर सन्दिप सुनारले ५८, दिपेन्द्र सिंह ऐरीले ४८, पवन सरार्फले ४७ र प्रनित थापा मगरले २८ रन बनाएका छन् । यसअघि हिजो भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले स्थानीय फ्रेन्ड्स स्पोर्टस क्लबलाई १ सय २१ रनले पराजित गरेको थियो ।
नेपाल भरिकै सस्तो औषधि भरतपुर अस्पतालमाचितवन, ११ जेठ – भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् ।सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्…Read More