फल र तरकारीको बोक्रामा त्यति नै पोषक तत्व पाइन्छ जति फल वा सब्जीमा पाइन्छ । त्यसकारण तपाईंले सबै फल वा सब्जीको बोक्रा फ्याँक्नु हुँदैन । आज हामी तपाईंलाई प्याजको बोक्राबाट हुने फाइदाबारे जानकारी दिँदै छौं ।
धेरैजसो मानिसहरु प्याज काट्ने बेला त्यसको बोक्रा निकालेर पछि त्यसलाई फ्याँक्ने गर्दछन् जबकी यस्तो गर्नुहुँदैन । यद्यपी, यो वास्तविकता हो कि प्याजको बोक्रा सिधै खानु हुँदैन तर तपाईं यसलाई अन्य तरिकाले यसलाई प्रयोग गर्न सक्नुहुन्छ । यो तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । आउनुहोस्, प्याजको बोक्राबाट हुने केही प्रमुख फाइदाबारे जानकारी लिऔंः
एन्टी इन्फ्लामेटरी गुणः यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।
किरा, लामखुट्टेबाट राहतः यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ र यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।
हेयर कन्डिसनरको रुपमा प्रयोगः
नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।
कोलेस्ट्रोल कम गर्न सहयोगी प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् । पेटको संक्रमणबाट बचाउः प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।
क्यान्सरबाट बचाउ प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं यी प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।
एमालेका उम्मेदवार बनेकाको पतिको हत्यासिरहा– सिरहाको कर्जन्हा नपा १० प्रयागपुर चौकमा गएराती एक युवकको धारीलो हातियारले घाटी रेटी हत्या गरेको छ । आफ्नै घरमा सुतिरहेको वेला गएराती राती ३५ वर…Read More
हेर्नुस आज सुनको भाउ कति छअसोज २४, काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैँयाले बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली ब…Read More
आज नेपाल र ताजकिस्तानसँग भिड्दैकाठमाडौं । एसिया कप २०१९ अन्तर्गत छनौट चरणको आफ्नो चौथो खेलमा आज नेपाल ताजकिस्तानसँग भिड्दै छ।खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे ताजकिस्तानको घरे…Read More