आजको दिनमा जुन सुकै अस्पताल पुगौं यस्तो लाग्छ सवै मान्छे अस्पताल नै अएका हुनु पर्दछ । खान वस्न त गुजारा चलेकै छ तर विमार भए के गर्ने ? अधिकाँश परिवारको चिन्ताको विषय हो यो । आएको सानो आम्दानीले जेन तेन जिविका चलि रहेको हाम्रो जस्तो नेपाली परिवारमा थोरै ठुलो रोग लाग्नु भनेको पैसाको अभावमा उपचार नपाएर मर्नु हो भन्दा खासै फरक पर्दैन ।
आज उपचार दिन दुई गुणा रात चौगुणा महगिंएर विरामीको पहुँच भन्दा वाहिर गएको अवस्था छ । “उपचार गरेर जिउ न धन हुन्छ, केटा केटीले के खालान ? भएको सानो तिनो झिटी पनि सकिएला कि”? भन्ने पिरले खप्नै नसक्ने गरि गलिसक्दा पनि अधिकाँश वा आमाहरु आफुलाई केहि नभएको वाहना वनाई घरमै रोग पालेर थन्कि रहेको हामी पाउँछौ । के आजको दुनियामा गरिवीको कारण उपचार नपाएर मर्न पर्नु मानवताको यो भन्दा ठुलो उपहास र लज्जा केहि हुन सक्छ ? सरकारले निशुल्क भनि तोकेको विरामी र औषधि कहीँ कतै उपलव्ध छैन । गुनासो सुन्ने र लागु गर्ने कसैलाई फुर्सद र सरोकार देखिदैन ।
त्यसको आर्को पाटो हेरौं अस्पताल भन्दा दशौं गुणा वढि र ठुला पार्टी प्यालेसहरु शहरका गल्ली गल्लीमा खुलेको देखिन्छ । विवहा व्रतवन्ध देखि टिका लगाउने, भात खुवाई तथा जनम दिनमा समेत आज पार्टी प्यालेस र होटलमा लाखौं होईन करोडौंको खर्च भएको देखिन्छ । एकातिर विमारीहरु पैसाको अभावमा दिन दिनै अस्पतालको वेडमा छटपटाउदै ज्यान गुमाउनु पर्ने आर्कोतिर विना कुनै हिच्किचाहट भोज भतेरमा करोडौंको खर्च गरेर पैसाको खेर पाल्नु यो भन्दा ठुलो दुर्भाग्य र मजाक मानवता माथि के हुन सक्छ ?
मनौं कसैलाई एकै दिन विरामी भेट्न अस्पताल जान पर्ने र भोज भतेरमा जानु पर्ने भयो भने लाज नमानी मान्छे अस्पताल भन्दा पार्टी प्यालेस रोज्दछ । यसवाट वुझिन्छ आज मानिसको समवेदनाको लेभल कति कमजोर भएको छ । यस्तै संस्कारले आउने दिनमा थप पस्रय पाउँदै गयो भने हामी स्वास प्रस्वस गर्ने पत्थरमा परिणत हुनेछौं मानव हुँ भन्ने नैतिक धरातल समेत हामीले गुमाई सकेका हुनेछौ ।
त्यसैले हामी जे विरुवा रोप्छौं त्यहि फल्छ, जे फल्छ त्यहि फल खान्छौं । हाम्रो संस्कार पनि त्यस्तै हो । हामीले जस्तो संस्कारको शुरुवात गर्दछौ हाम्रो समाजले त्यस्तै संस्कार र रितिको पिछा गर्दछ । त्यसो हो भने अहिले वाटै केहि राम्रो कामको संस्कारको विकाश हामी वाटै किन नगर्ने ?
कसैको छोरा वा छोरीको विवहाको निमन्त्रणा आउना साथ जान मन भए पनि नभए पनि उस्ले के भन्ला समाजले के भन्ला भनि लाज र ईज्जतको विषय वनउँछौं र हामी आफ्नो हैसियत अनुशारको वा सापटी गरेरै भए पनि गिफ्ट र टिकाको लागि खामाम पैसा राखेर लिएर जान्छौं । गर्व साथ हस्तान्तरण गर्दछौं फोटो खिचाउँछौं । खानेकुरा आफ्नो पैसा असुल हुने गरि अटाई नअटाई प्लेटमा हाल्छौं किन्चित असजिलो नमानि आधा खान्छौं आधा भन्दा वढि टेवुलमा छोडेर हिड्छौं । घरमा आई पुग्दा नपुग्दै वाटैवाट फेसवुक र ट्वीटरमा लोड गर्छाैं । आज सम्म यसलाई नै हामीले आफ्नो संस्कार र प्रतिष्ठाको विषय वनएका छौं ।
आउनोस अव सकरात्मक आर्को संस्कारको शुरुवात गरौं । कोहि पनि विरामी हुना साथ घरमा रोग पालेर नवसौं । विरमीलाई अस्पताल लैजाना साथ विरामीको परिवारले आफन्त र साथिभाईलाई विवहामा निमन्त्रणा गरे झैं अस्पतालमा गर्वका साथ खवर गरौं वा निमन्त्रणा गरौं । आफन्त र ईष्टमित्रहरुहरुले पनि होटल र पार्टीप्यालेसको भोज भतेर भन्दा पहिला अस्पतालको शैयामा विरामी भेट्न पुगौं । विरामीले के खान हुन्छ के हुदैन विरमी कुरुवा वा परिवारलाई मात्र थाहा हुने हुँदा दुनियाँलाई देखाउन तथा लोकाचारको लागि सस्ता जुस, हर्लिक्स र फलफुल नवोकौ ।
त्यसको सट्टा विरामी परिवारको हैसियत र विरामी भेट्न जानेको हैसियत हेरि असजिलो नमानि खाममा नगद वोकौं र विरामी वा विरामीको परिवारलाई गर्वको साथ हस्तान्तरण गरौं । जीवन दान जस्तो पुण्य संसारमा अरु कुनै दान छैन । “सित उभाएर घैला भर्ने“ भने झै सवैको सहयोगका कारण विरमीले नयाँ जिवन पाउन सक्छ । खाम दिएर सहयोग गर्न पाए वापत दिनेको छाति गर्वले आकाश जस्तै ठुलो हुन्छ आनन्द आउँछ । यसलाई संस्कारको रुपमा विकाश गरौं । विरामी वा विरामीको परिवारले समेत आफु हेपिएको वा दयाको पात्र भएको रुपमा कदापी नवुझौं । राम्रो संस्कारको शुरुवात आफैवाट र आजैवाट थालनी गरौं ।
नेपालका वरिष्ठ पर्यटनविद, सफल लेखक तथा नयाँ नयाँ सोचका धनि हामी सवैका आदर्णिय दाई कर्ण शाक्यले आफ्नो जिवनको उर्जा यस्तै सकरात्मक सोच र काममा लगाउनु भएको देखिन्छ । अन्य कयौं विवेकवान व्यक्तित्वहरु हाम्रो समाजमा हुनुहोला हामीले यता त्यति मह्त्व दिएकै छैनौं । मानौं हम्रो यो कर्तव्य नै हाईन यो सिमित व्यक्तिको जिम्माको विषय हो ।
तसर्थ यस अभियानलाई जिवनदान र पुण्य कामको रुपमा ग्रहण गरि संस्कारको रुपमा विकाश गरौं । यस्तो सस्कारको विकश गर्न सक्दा हाम्रो छाति गर्वले फुल्नेछ, भावि शन्तति कृतज्ञ हुनेछन, आउने दिनमा औषधिकै अभावमा कुनै मानिसले जिवन गुमाउनु पर्ने छैन । यस्तो अभियानमा सवैको सहयोग र सदभाव रहने आशा गरेको छु । जयहोस सवैको देश र दुनियाको ।