रियालिटी सोबाट प्रतियोगी बाहिरिनु एउटा प्रक्रिया मात्र हो । छानिँदै जाने क्रममा कोही न कोहीले त सोबाट बिदा हुनैपर्छ तर ‘नेपाल आइडल’बाट प्रताप लामा ‘आउट’ हुँदा संगीतवृत्तमा तरंग पैदा भयो । किनभने उनी चानचुने प्रतियोगी थिएनन् । दुई वर्षअघि सम्पन्न अर्को प्रतिष्ठित रियालिटी सो ‘नेपाली तारा’का विजयी थिए ।
तर उनी ‘नेपाल आइडल’को उत्कृष्ट अठारबाट बाहिरिए, ‘भोटिङ राउन्ड’को थालनीसँगै । जबकि त्यही सोकी निर्णायकमध्ये एक इन्दिरा जोशी ‘नेपाली तारा’कै पहिलो संस्करणको पाँचौ स्थानमा सीमित भएकी थिइन् । त्यसैले सामाजिक सञ्जालमा ‘ट्रोल’हरू बने, ‘पहिलो आउट, पाँचौँ चाहिँ जज’ भन्ने आशयका ।
आज नेपाल र ताजकिस्तानसँग भिड्दैकाठमाडौं । एसिया कप २०१९ अन्तर्गत छनौट चरणको आफ्नो चौथो खेलमा आज नेपाल ताजकिस्तानसँग भिड्दै छ।खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे ताजकिस्तानको घरे…Read More
मेसीबिनाको विश्वकप ? आश्विन २४, २०७४-सोच्दै नसोचिएको तथ्य, लियोनल मेसी र अर्जेन्टिनाबिनाको विश्वकप मंगलबार सम्भव हुन सक्नेछ, जति बेला सन् २०१८ को दक्षिण अमेरिकी विश्वकप छ…Read More