साउन ०२ | दक्षिण कोरियामा कामदारको तलब १६दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । ज्याला निर्धारण समितिको शनिवार अबेर बसेको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।
कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब १६.४५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । तलव वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० वोन अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने छ ।
हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समय सीमा भन्दा निकै ढिला गरी शनिवार राती मजदुर र कम्पनी व्यवस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमति भएको अधिकारीहरुले बताएका छन् ।
आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सात प्रतिशतले तलव वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएको थियो ।