अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्लेले नेपालीलाई कुत्ता र खाते भनेर अपमान गरेपछि उनलाई नेपालमा बहिस्कृत गरिएको छ । यसको सुरुवात संगीत क्षेत्रबाट गरिएको छ ।
उनको अभिब्यीक्त प्रति खेद ब्यक्त गर्दै संगीतकार संघ नेपालले काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार गर्ने निर्णय गरेको छ । उनका कुनैपनि सृजना नेपालमा उत्पादन , प्रकाशन , प्रसारण हुन नदिनुका साथै समाजिक सञ्जालमा उनले ब्यक्त गरेका अपमान जनक र ब्यक्तिगत मानमर्दन गरिएका अभिब्यक्तिहरु को कानुनि उपचार खोज्ने प्रकृया सुरु गरिएको संघले जनाएको छ ।
त्यस्तै उनका सृजना प्रसारण र प्रकाशन नगर्न पनि संघले सबैलाई आग्रह गरेको छ । आफूलाई कला गला र संगीत प्रेमी भन्न रुचाउने काफ्लेका नाममा केहि सांगीतिक सृजना नेपालमा तयार भएका हुन । तिनै सृजना मार्फत गीतकारको परिचय बनाएका काफ्लेले सिंगो संगीत क्षेत्रलाई नै तथानाम गरेका छन ।
हुनत काफलेका नामका ती गीति रचनालाई नेपालका केहि गीतकार र संगीतकारले नै काटकुट पारी मिलाई दिएको खुल्न आएकोछ । आफूलाई ठूलै साहित्यकार ठान्ने दम्भ बोकेर बसेका काफ्रले सधै बिवादित रहेको उनलाई नजिक बाट चिन्नेहरु बताउछन ।
अमेरिकमा रहेका अन्य भुटानी समुदायले गरेको कामलाई समेत सधै आलोचना तल्लो स्तरको भाषाले अपमानित गरेका कारण हालै अमेरिकामा गठन भएको भुटनीज अमेरिकन सांगीतिक संगठन मा काफ्ले अटाउन सकेनन ।
काफ्ले संघ संगठनमा मात्र हैन आफनै समुदाय र आफन्तहरु संग समेत अटाउन नसक्ने भैसकेको एकजना संगीतप्रेमी भुटनिजले जानकारी दिए ।
उनले भने यहाँ त उप्रदो गरेकै थियो नेपालमा पनि गरेछ । घर परिवारलाई समेत दिक्क बनाएको छ यस्ले । यो संग बोल्नु कुरा गर्नु संझाउनु ब्यर्थ छ यस्लाई वेवास्ता गर्दा नै इज्जत जोगिन्छ । यो अमेरिकमा पनि तिरस्कृत मान्छे हो उनले भने ।
काफ्लेको पछिल्लो प्रकरण म्यूजिक खवर म्यूजिक अवार्डमा आयोजकले नोमिनेसन बाट नाम हटाएको भन्ने प्रसंग बाट सुरु भएको हो । आयोजकका अध्यक्ष सुमन पण्डीत भन्छन राकेश जि भुटानी भाको ले हटाइएको हैन । उहाँसंग पैसा मागेका पनि छैनौ ।
पैसा नदिएर हटाइएको भन्ने सतप्रतिशत गलत हो । हामि कसैसंग लोभ देखाएर वा धम्क्याएर पैसा लिएर अवार्ड गर्दैनौ । त्यस्तो अफवाह फैलाउने लाई हाम्रो चुनौती छ प्रमाण लेराउ यो क्षेत्र नै सधैका लागि छोडिदिन्छु ।
नेपाली लाई कुत्ता र खाते भनेको प्रमाण भेटिएपछि संगीतकार संघ नेपालको आग्रहमा हटाउने प्रकृयामा निर्णायक मण्डलले काम गरिरहेको छ । काफ्लेले सामाजिक सञ्जालमा नामै तोकेर फोटो सहित गम्भिर आरोप लगाएका ब्यक्ति हुन गीतकार लोकराज अधिकारी ।
यो बिषयमा अधिकारी संग सोध्दा उनले भने म संगीतकार संघको प्रेस सल्लाहकार हुँ । संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको अभियन्ता सदस्य पनि हुँ ।
त्यसैले मैलै धेरै हितैषी शुभ चिन्तक संग कोषलाई सहयोग गर्न अनुरोध गर्दै आएको छु । देश बिदेश बाट मेरो अनुरोध लाई स्विकार गर्दै सक्दो सहयोग गर्दै आउनु भएको छ । कमिटमेन्ट गर्नेहरु पनि धेरै हुनुहुन्छ जुन पारदर्शी छ ।
यस्तै मध्यका एक राकेश हो । उनले आफ्नो तर्फबाट ३० हजार १ सहयोग गर्छु समाचार बनाइदिनु होला भनेर भने । मैले त्यसै गरे । संगीतकार संघको बिशेष साधारण सभा जेठ १६ गते तय भएको थियो । हामिले सबै दाताहरुलाई त्यहि दिन बिशेष कार्यक्रममा सम्मान गर्ने निर्णय गरेका थियौ ।
राकेशलाई मैले १६ गतेभन्दा अगाडी तपाइले कमिटमेन्ट गरेको सहयोग पठाउनु भयो भने ठूलो कार्यक्रम छ सम्मानको राम्रो हुन्थ्यो भनेर रिमाइन्ड गरे । तर त्यतिबेला नेपालका संघ संस्था सब चोर हुन भनेर इनबक्स गरे उनले ।
म बरु ब्यक्तिगत तपाइलाई सहयोग गर्छु तर नेपाली संघ संस्थालाई गर्दिन भने । जव १६ गतेको कार्यक्रम सकियो संगीतकार संघलाई खाते भनेर पोष्ट गरे । जुन कार्य अत्यन्त घृणित थियो । तैपनि मैले सम्झाउने प्रयास गरे । दोहोरो सम्बाद भयो इन्बक्समा ।
मैले जतिजति संझाउदै गए उति निचपन मा ओर्लिदै सबै नेपालीलाई कुत्ता भने पछि म क्लियर भए यो मान्छे अत्यन्त नकारात्मक सोंच भएको गलत मान्छे हो भन्ने ।
अनि मैले शालिनता पुर्वक कुनै पनि कुरा मेरोमा टयाग नगर्नु भने । त्यसपछि उस्ले मलाई ब्लक गरेछ । जव अवार्डको प्रसंग आयो संगीतकार संघ नेपालका अध्यक्षले अवार्ड आयोजक समितिका अध्यक्षलाई यो गम्भिर बिषयबारे जानकारी गराउनु भएछ ।
र आयोजकले प्रमाण भेटेपछि नोमिनेशन बाट हटाएको बिषयलाई संगीतकार संघका कार्यसमितिका सदस्यले फेसवुकमा पोष्ट गर्नु भएको रहेछ ।
त्यहि देखेर राकेशले मलाई आफै फेरी अनब्लक गरेर म्यासेज गर्यो । मैले रेष्पोन्स गरिन । जव मेरो नाम उस्ले मेन्सन गरेर आरोप लगायो त्यसपछि मैले उस्ले म संग गरेका कुराहरु सार्बजनिक गर्दिए । करेक्सन गर आफूलाई समय छ भनेर संझाए तर उ यति घटिया रहेछ कि फेरी जे पायो त्यहि पोष्ट गर्न थाल्यो ।
मैले ब्लक गर्दिए । अहिले संगीतकार संघ नेपालले यो बिषयलाई गम्भिरता पूर्वक लिएर राज्यका निकायहरुसंग पनि छलफल गर्दै छ । बहिस्कार संगै कारवाहिको दायरामा आउछ त्यो काफ्ले ।
यहि प्रसंगमा जोडिएका संगीतकार बसन्त सापकोटाको टिप्पणी छ काफ्रलेले अहिले एउटा अपराध लुकाउन थप दशवटा अपराध गर्दै हिडेको छ । समग्र नेपालीलाई गाली गर्नैले अपराध ढाकछोप गर्न अहिले फेसवुकमा झुठको खेती गर्दै छ । मानहानी गर्दै हिडेको छ ।
सहयोग मागेको बिषय अवार्ड संग जोडनु अनि धम्क्याएर सहयोग माग्यो भन्नु कति हाँस्यास्पद छ आफै भन्नुस । यस्तो कुरा कि बिहान देखी बेलुकि सम्म रक्सीमा डुब्ने जड्हयाले गर्छ कि मगज खुस्कि सकेको मान्छेले । सत्य केहो घाम झै छर्लङ्ग छ । अशल मान्छेले यस्तो बेतुकको कुरा गर्दैन । म धेरै बोल्न चाहिन ।
लिपस्टिक लगाएको समय ख्याल गर्नैपर्ने कुराओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न …Read More