‘अन्तर्घातले कांग्रेस हार्‍यो’

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं : पार्टीभित्र नेतृत्वबाटै सिर्जित घात-अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको कांग्रेस नेताहरूले बताएका छन्। शनिबार सुरु केन्द्रीय समिति बैठकमा नेताहरूले ०४६ सालयता भएका विभिन्न निर्वाचनमा नेतृत्वकै कारण कांग्रेस पछि परेको भन्दै चर्को आलोचना गरे।
कांग्रेसप्रतिको जनमतलाई सम्मान गर्न पनि नेतृत्वले हालै सम्पन्न स्थानीय निर्वाचनको पराजयमा नैतिक जिम्मेवारी लिनुपर्ने र प्रदेश २ को निर्वाचनमा विशेष रणनीति बनाउनुपर्ने उनीहरूको भनाइ छ। बैठकमा केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनको परिणाम, संविधान संशोधन, मन्त्रिपरिषद् विस्तार, प्रदेश २ को निर्वाचन रणनीति, प्रदेश र संसद्को निर्वाचनलगायत विषयमा धारण राखेका थिए।

Related Posts: