असार १९, २०७४- स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदमा उम्मेदवार दिलबहादुर ऐर विजयी भएका छन् ।
आइतबार मध्यराति सम्पन्न मतगणनाबाट नेकपा एमालेका उम्मेदवार रणबहादुर महरालाई एक हजार तीन मतले पछि पार्दै कांग्रेसका ऐर विजयी भएका हुन् । ऐरले छ हजार ४३२ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिद्वन्द्वी रणबहादुर महराले पाँच हजार ४२९ मत प्राप्त गरे ।
त्यस्तै शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार तुलसी हमाल विजयी भएकी छन् । पाँच हजार २९३ मत प्राप्त गरी उनी उपप्रमुखमा विजयी भएकी हुन् । उपप्रमुखमा कांग्रेसका उम्मेदवार धर्मा विष्ट ऐरले पाँच हजार २१० मत प्राप्त गरे । १८ हजार ६२१ मत खसेको शुक्लाफाँटामा ७९५ मत बदर भएको थियो । कञ्चनपुरमा हालसम्म दुई वटा गाउँपालिका र दुई नगरपालिकाको मतगणना सकिएको छ भने बाँकी पाँच नगरपालिकाको मतगणना भइरहेको छ ।
मह ,कागती र पानीको फाईदै फाईदा..बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला र…Read More
मलेसियामा ठगिँदै नेपाली कामदार आश्विन १, २०७४-क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि क…Read More
नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि आश्विन १, २०७४-फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेट…Read More