कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेस अगाडी
भीमदत्तनगर, १९ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदमा उम्मेदवार दिलबहादुर ऐर विजयी हुनुभएको छ ।
आइतबार मध्यराति सम्पन्न मतगणनाबाट नेकपा एमालेका उम्मेदवार रणबहादुर महरालाई एक हजार तीन मतले पछि पार्दै काँग्रेसका ऐर विजयी हुनुभएको हो । ऐरले छ हजार ४३२ मत प्राप्त गर्नुभयो, भने उहाँका निकटतम प्रतिद्वन्द्वी रणबहादुर महराले पाँच हजार ४२९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार तुलसी हमाल विजयी हुनुभएको छ । पाँच हजार २९३ मत प्राप्त गरी उहाँ उपप्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुखमा काँग्रेसका उम्मेदवार धर्मा विष्ट ऐरले पाँच हजार २१० मत प्राप्त गर्नुभयो ।
१८ हजार ६२१ मत खसेको शुक्लाफाँटामा ७९५ मत बदर भएको थियो । कञ्चनपुरमा हालसम्म दुई वटा गाउँपालिका र दुई नगरपालिकाको मतगणना सकिएको छ । भने बाँकी पाँच नगरपालिकाको मतगणना भइरहेको छ ।
७.७ म्याग्निच्यूडको भूकम्प रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ। रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ।रुसको पूर्वी तटीय क्षेत्रमा केन…Read More