रान : सुनसरीको दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रीक पार्टीले आफ्नो विरासत जोगाएको छ । २०६४ र २०७० सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट अध्यक्ष विजय गच्छदारले जितेको दुहबी र बर्जुमा लोकतान्त्रीक उम्मेद्वारले विजयी हासिल गरेपछि गच्छदारको विरासत जोगिएको हो ।
लोकतान्त्रीकका अध्यक्ष विजय गच्छदारको निर्वाचन क्षेत्र रहेको दुहबी नगरपालिकाको मेयरमा बेदनारायण गच्छदार ७ हजार ४ सय २० मत प्राप्त गरी विजयी हुनु भएको छ। उहाँका निकटत्म प्रतिद्वन्द्वी कांग्रेसका गौरीशंकर अग्रवालले ५ हजार ६ सय १५ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा लोकतान्त्रीककै सुनिता साह ६ हजार ६ सय ८३ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्द्रकला विस्वासले ५ हजार ८ सय ८१ मत प्राप्त गर्नु भएको छ ।बर्जुगाउँपालिकामा पनि लोकतान्त्रीकले दुबै पदमा विजयी हासिल गरेको छ । बर्जु गाउँपालिकाको प्रमुखमा लोकतान्त्रीकका रघुनन्दन चौधरीले ४ हजार ७ सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका फणिलाल चौधरीले ३ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा लोकतान्त्रीककै संगिता कुमारी राय ४ हजार ६ सय २२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँकी निकटतम प्रतिदन्दी एमालेकी सोमकुमारी गुरुङले ३ हजार ६ सय ६८ मत प्राप्त गर्नु भएको छ ।
संघिय समाजवादी फोरमका अध्यष उपेन्द्र यादवको सुनसरी क्षेत्र नम्बर ५ को भोक्राहा गाँउँपालिकामा फोरमले दुबै पदमा विजयी हासिल गरेको छ । भोक्राहा गाउँपालिकाको प्रमुखमा समाजवादीका महेन्द्रप्रसाद यादवले ३ हजार ५ सय २८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी कांग्रेसका अजमल अख्तर मियाँले १ हजार ९ सय ९३ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा समाजवादीकै पुनमकुमारी मेहता निर्वाचित हुनु भएको छ । उहाँकी निकटतम प्रतिदन्दी अन्जुदेवी मेहताले २ हजार ३ सय ५ मत प्राप्त गर्नु भएको छ ।