उपचारमा सहयोग

भिडियो सहित हेर्नुहोस !
Advertisement


१३, २०७४- ‘केअर गिभर’ को रूपमा इजरायलमा कार्यरत नेपालीले १० वर्षीया बालिकाको ब्रेन ट्युमरको उपचारका लागि १ लाख ८० हजार रुपैयाँ जुटाएर उपलब्ध गराएका छन्। उनीहरूकै संलग्नतामा खुलेको ‘सहयोगी मनहरूको समाज’–काठमाडौं मार्फत उक्त रकम बालिकाको परिवारलाई उपलब्ध गराउँदै उपचारमा सहयोगी बनेका हुन्।

जाजरकोटको त्रिवेणी नालगड नगरपालिका ५ बस्ने लक्ष्मणकुमार सिंह र पुनमकी १० वर्षीया छोरीको ब्रेन ट्युमरको उपचारका लागि खर्च अभाव भएको समाचार आएपछि सोही संस्थाका संस्थापक इन्दिरा कार्कीको सक्रियतामा रकम उठाएको उनले विज्ञप्ति जारी गर्दै जनाएकी छन्। उपचाररत बालिकाका बुवा सिंहको बैंकखातामा रकम जम्मा गरेको भौचर बुधबार हस्तान्तरण गरेका हुन्। संस्थाका अध्यक्ष कृष्ण ज्ञवालीले यो संस्थाले साँच्चै पीडित रहेका र आर्थिक स्रोत नभएकाहरूलाई उपचारमा सहयोग पुर्‍याउँदै आएको बताए।

अन्नपूर्ण न्युरोका डा. वसन्त पन्तले उनको सफल उपचार गरेपछि बालिकाका परिवारलाई सहयोग गरेको रकमको भौचर हस्तान्तरण गरिएको ज्ञवालीले बताए। इजरायलमा परिश्रम गरी कमाएको रकमबाट आफ्नी छोरीको ज्यान जोगाउन सहयोग पुर्‍याएको भन्दै बिरामी बालिकाका पिता सिंहले उनीहरूप्रति आभार व्यक्त गरे। उपचार हुने क्रममा नै रकम उपलब्ध गराएको भए पनि उपचार सफल भएपछि मात्र परिवारलाई भौचर हस्तान्तरण गरिएको हो। ज्ञवाली इजरायलमा लामो समय काम गरेर केही समयअघि स्वदेश फिरेका हुन्। उनले अर्का क्यान्सर पीडितका लागि सहयोगस्वरूप एक लाख ४० हजार रुपैयाँ जम्मा भइसकेको बताए।

क्यान्सरपीडित दुर्गामाया ठकुरीले खर्च अभावमा उपचार गर्न नसकेको जानकारी प्राप्त भएपछि उनलाई तत्काल औषधोपचार गर्न १० हजार रुपैयाँ सहयोग गरिएको र बाँकी रकम शुक्रबार उपलब्ध गराइने ज्ञवालीले बताए।

Related Posts: