बढे विवाहेतर सम्बन्ध

भिडियो सहित हेर्नुहोस !
Advertisement


श्रावण १३, २०७४- सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ। प्रहरीअगाडि आउने घरझगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरूको भनाइ छ।
कालीमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइपाउन केही दिनअघि उजुरी दिएकी थिइन्। कारण बुझ्दै जाँदा फेसबुक र फोनबाट श्रीमान्को पहिलेकी प्रेमिकासँग फेरि झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ। दिनहुँ झगडा र विवाद हुने मुख्य कारण त्यही रहेछ। प्रेमिका विवाहित भए पनि भेट्ने, घुम्न जाने र परिवारलाई समय नदिएको श्रीमतीको आरोप थियो।

Related Posts: