१९७५, अप्रिल ६ का दिन बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने। उनी दौडिएर झ्याल छेउ गएर हेर्दा दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका देखे। त्यही बेला ‘मेसिनगन’ चलेको आवाज सुनियो र गोली लागेर दरबारको गेटमा खटिएका वसन्तकुमार क्षेत्रीको त्यहीँ निधन भयो। त्यसबेला खटाइएका ५ हजार भारतीय फौजलाई सिक्किमको राजदबारमा खटिएका २ सय ४३ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन आधा घण्टा पनि लागेन। नाटकीयः त्यो दिन १२ बजेर ४५ मिनेट जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत समाप्त भइसकेको थियो। चोग्यालले ह्याम रेडियोमार्फत यसको सूचना पूरै विश्वलाई दिएका थिए र, उक्त आपतकालीन सन्देश ब्रिटेनको एउटा गाउँमा बस्ने अवकाशप्राप्त चिकित्सक र जापान र स्वीडेनमा बस्ने अन्य दुईजनाले सुनेका थिए।
त्यसपछि चोग्याललाई उनको घरभित्रै नजरबन्दमा राखियो।
दिल्ली नगरका आयुक्त बीएस दास त्यसको भोलिपल्ट दिउँसोको खाना खाइरहेका थिए। यत्तिकैमा उनलाई विदेश सचिव केवल सिंहको फोन आयो र उनी तुरुन्तै उनलाई भेट्न हिँडे।
विदेश मन्त्रालयमा पुग्ने बित्तिकै केवल सिंहले उनलाई न्यानो स्वागत गर्दै भने, ‘तपाईँलाई सिक्किम सरकारको जिम्मेवारी सम्हाल्न तुरुन्तै गान्टोक पठाइँदैछ, तपाईँसँग तयारीका लागि २४ घण्टा मात्रै छ।’इन्दिरा गान्धीका प्रमुख सचिव पीएन धरसँग राजा चोग्याल
उनी भोलिपल्ट सिलीगुडीबाट दास हेलिकप्टर चढेर गान्टोक पुग्दा उनको स्वागतका लागि चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी, सिकिम्मका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि बसिरहेका थिए।
दासलाई र्यालीसहित पैदल हिँडाएर उनको निवासमा पुर्याइयो। त्यसको एक दिनअघि उनले चोग्यालसँग भेट्ने समय मागेका थिए तर उनलाई राजाले आफूले ज्योतिषीलाई सल्लाह गरेरमात्रै समय दिनसक्ने जवाफ दिएका थिए।
दास भन्छन्, ‘त्यो त एउटा बहाना मात्रै थियो खासमा उनी म र मेरो ओहदालाई मान्यता नदिएको देखाउन चाहान्थे।’ भोलिपल्ट चोग्यालले दासलाई बोलाए तर त्यो बैठकको माहोल एकदमै कटूतापूर्ण रह्यो। चोग्यालको पहिलो वाक्य यस्तो थियो, ‘मिस्टर दास, सिक्किम तपाईँहरुले कब्जा गर्नुभएको गोवा जस्तै हो भन्ने भ्रममा नरहनुहोला।’ उनल भुटान जस्तै दर्जा सिक्किमलाई दिलाउन निकै प्रयास गरेका थिए।
‘हामी एक स्वतन्त्र सम्प्रभुसत्ता सम्पन्न देश हौँ, तपाइँले हाम्रो संविधान अनुसार काम गर्नुपर्छ। भारतले तपाईँको सेवा हाम्रो सरकारलाई दिएको छ। यो विषयमा कुनै भ्रम हुनुहुँदैन र हामीलाई दबाउने प्रयास कहिल्यै नगर्नुहोला।’इन्दिरा गान्धीसँग राजा चोग्याल
सिक्किमलाई भारतमा विलय गराउन दासले महत्वपूर्ण भूमिका खेलेका थिए।
एक दिनअघि बीएस दास त्यहाँ खटिएका आफ्ना साथी शंकर बाजपेयीलाई भेट्न जब इण्डिया हाउस पुगे तब उनलाई केवल सिंहबाट के निर्देशन लिएर आएका छौ? भनेर सोधियो।
दास सम्झन्छन्, ‘मलाई सिक्किमका जनताका आकांक्षा पूरा गर्न मद्दत गर्नु भन्नेबाहेक कुनै पनि स्पष्ट निर्देशन थिएन। अरु बेला जस्तै इन्दिरा गान्धीले कुनै औपचारिक राजनीतिक किसिमको वाचा गरेकी थिइनन्। अनि विलय भन्ने शब्दको त उच्चारण समेत गरिएको थिएन।’
उनले थपे ‘यहाँसम्म कि हामीलाई काम लगाइरहेका केवल सिंहले निजी कुराकानीमा समेत यो शब्द कहिल्यै प्रयोग गरेका थिएनन्। तर, नभनिए पनि मलाई र शंकर बाजपेयी दुवैलाई अब हामीले के गर्नुपर्छ भन्ने थाहा भइसकेको थियो।’
१९६२ को चीन युद्धः
दिवंगत वरिष्ठ राजनीतिक विश्लेषक इन्दर मल्होत्राका अनुसार सन् १९६२ मा भारत र चीनबीच युद्ध भएपछि सिक्किमलाई भारतमा गाभ्ने सोच पलाएको थियो।
स्मारिक विज्ञहरुले महसुस गरे कि भुटान, सिक्किम र चीनको त्रिदेशीय सीमाक्षेत्र नजिकै पर्ने चीनतर्फको चुम्बी उपत्यकाबाट सिलीगुडीतर्फको ‘चिकेन्स नेक’ भनिने साँघुरो मार्ग हुँदै भारतको दूरी जम्मा २१ माइलमात्रै थियो।
चीनले आफूले चाहेमा एकै पटकमा उक्त क्षेत्र हुँदै उत्तरी भारतमा प्रवेश गर्न सक्थ्यो। चुम्बी उपत्यकाकै छेउमा सिक्किम थियो।
सिक्किमका चोग्यालले होप कुक नाम गरेकी अमेरिकी महिलासँग विवाह गरेका थिए।
उनलाई कुकले उक्साउन थालेकी थिइन्। यसकारण चोग्याललाई सिक्किम पूरै स्वतन्त्र बनाउन उनले माग राखे भने अमेरिकाले साथ दिन्छ भन्ने लागेको थियो।
तर त्यो कदम भारतलाई स्वीकार्य थिएन।
अमेरिकी पत्नीले चोग्याललाई छाडिन्:
चोग्यालकी श्रीमती होप कुकको व्यक्तित्व रहस्यमयी थियो।
चोग्याललाई भारतविरुद्ध भड्काउन होपले नै भूमिका खेलेको ठानिन्छ। उनले विद्यालयहरुको पाठ्यक्रममा फेरबदल गरिदिएकी थिइन् र युवा अधिकारीहरुलाई बोलाएर उनी हप्तैपिच्छे बैठकहरु गर्थिन्। रानीको भूमिकामा प्रस्तुत हुँदा उनी सिक्किमकै स्थानीय पोशाक लगाएर विनम्रता साथ प्रस्तुत हुन्थिन् र मसिनो स्वरमा कुराकानी गर्थिन्। तर जब उनी असन्तुष्ट हुन्थिन् उनी एकदमै रिसाउँथिन्।
धेरै रक्सी पिउने चोग्यालको बानीले उनलाई हैरान बनाएको थियो र त्यही विषयलाई लिएर दुईबीच बारम्बार झगडा भइरहने गरेको बताइन्छ। एकपटक यस्तै रिसमा चोग्यालले उनको ‘रेकर्ड प्लेयर’ राजदरबारको झ्यालबाट बाहिर फ्याँकिदिएका थिए। न्ततः आपसीका विवादका बीच होप कुकले सिक्किम छाडेर अमेरिका फिर्ता जाने निर्णय लिइन्। चोग्यालले उनलाई मुश्किलको त्यो बेलामा साथ दिन अनुरोध गरेका थिए तर उनले मानिनन्। उनलाई बिदा गर्न दास गएका थिए। उनले जाने बेलामा भनेको कुरा सम्झिंदै दास भन्छन्, ‘मिस्टर दास, मेरो श्रीमानको ख्याल राख्नुहोला, अब यहाँ मेरो कुनै भूमिका छैन।’
पछि दासले राजदरबारका कैयौँ बहुमूल्य कलाकृति र चित्र लुकाएर होपले अमेरिका पुर्याएको जानकारी पाए। यसले आफूलाई एकदमै दुःखी बनाएको उनले बताएका छन्।
भाइटीकाको साइत ११:५१ बजे
यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।समितिका अध्यक्ष प्रा डा रामचन्द्…Read More
राति १० बजेपछि होटल सञ्चालनमा रोक
स्थानीय प्रशासनले धरानमा राति १० बजेपछि होटल तथा रेस्टुराँ, डान्स बार सञ्चालन गर्न रोक लगाएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शा…Read More
पति-पत्नीको गजबको कीर्तिमानन्युयोर्क : इजिप्टका खेलाडीले विश्व खेलकुदमा गजबको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी यूएस ओपन स्क्वास च्याम्पियनसिपमा पुरुष एकल स्पर्धाको उपाधि पत…Read More